विना अन्तरवार्ता यसरी गर्न सकिन्छ अमेरिकाको भिजिटर भिसा रिन्यु


प्रकाशित मिति : मंसिर २६, २०७४ मंगलबार

अमेरिकाको भिजिटर भिसा समाप्त भएको १ बर्ष पूरा भएको छैन वा भिसा सकिन लागेको छ भने तपाईले त्यो भिसा दूतावासमा विना अन्तरवार्ता नै रिन्यु गर्न सक्नुहुनेछ । तर त्यसका लागि तपाईले ९ वटा मापदण्डहरु पूरा गर्नुपर्छ ।

तपाईको भिजिटर भिसा (बी) भिसा रिन्यु गर्नका लागि तपाईले सन् २००८ को जनवरी १ वा त्यसपछि पूरानो भिसाका लागि अन्तरवार्ता दिएको हुनुपर्छ । तपाईको पहिलेको भिसा मल्टिपल इन्ट्री सहितको हुनुपर्छ । पहिले जारी भएको भिसा पूरा अवधि अर्थात ५ बर्षका लागि नै जारी भएको हुनुपर्छ । भिजिटर भिसाका लागि हालेको आवेदन अस्वीकृत भएको हुनुहुँदैन भने पूरानो भिसा हराएको, चोरी भएको वा खारेज गरिएको हुनुहुँदैन । त्यस्तै जन्ममिति, नाम, राष्ट्रियता जन्मस्थान लगायतका विवरणहरु परिवर्तन भएको हुनुहुँदैन । अमेरिका भ्रमणका क्रममा अमेरिकी कानुनको पालना गरेको हुनुपर्छ भने भिसा सकिएको १ बर्ष नाघेको हुनुहुँदैन ।

यदि यी मापदण्डहरु पूरा भएको खण्डमा तपाईले विना अन्तरवार्ता नै भिसा नविकरण गराउन सक्नुहुनेछ । त्यसका लागि तपाईले डीएस १६० नामको फर्म भने भर्नुपर्छ । त्यसपछि भिसा शुल्क तिरेर तपाईले अप्वाइन्टमेन्ट लिने पेजबाट आवश्यक कागजातको सुची सहितको पत्र प्राप्त गर्नुहुनेछ । त्यो पत्रको दुईकपी प्रिन्ट गरेर तपाईले एककपी पत्र, तपाईको पासपोर्ट, डीएस १६० कन्फर्मेशन पेज, विगतको भिसा, एक तस्विर, सर्पोर्टिंग कागजात दूतावाससमक्ष बुझाउनुपर्छ । त्यसपछि तपाईले केहीदिनमा नविकरण गरिएको भिसा पाउनसक्नुहुनेछ ।

यसबारे थप जानकारी पाउन यहाँ क्लिक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com