कम्यूनिष्ट एनजिओतिर, कांग्रेस ठेकेदारीतिर !


प्रकाशित मिति : श्रावण १०, २०७३ सोमबार

– मनोज गजुरेल

कम्यूनिष्टले राजनीति छोड्यो भने कि स्कुल खोल्छ, कि त एनजिओ चलाउँछ ! नपत्याए तपाईं अनुसन्धान थाल्नोस् । फुर्सद नभए माथिको तस्विर हेर्नोस्, र, कुरो बुझ्नोस्, झलनाथ खनाल स्वास्थ्य बिज्ञान प्रतिष्ठान !

झलनाथ खनाललाई चिन्नुहुन्न ? क्या त, पुराना बामपन्थी नेता । अझै चिन्नु भएन ? ‘फेसन कन्सस नेता’, ‘खानपिनमा ध्यान दिने नेता’, ‘घरको स्टाण्डर्डमा होश पुऱ्याउने नेता’ ! ल हेर, कस्तो अलमलिनु भएको ? एक समय एमालेका अध्यक्ष, एकछिन्को नेपाली प्रधानमन्त्री !

उफ्, झलनाथ खनाललाई कस्तो बिर्सनु भएको ! उसो त संझनै पर्ने खालका झलकार्यहरु पनि केही भएनन् । पार्टी अध्यक्ष भएको घटनापनि एमालेका कार्यकर्ता बाहेक अरुले बिर्सि सके होला । अब त चिन्नु भयो ?

हो, प्रतिष्ठान उहाँकै नामको रहेछ !  दिवंगत वीपी कोईराला स्वाश्थ्य प्रतिष्ठान, मनमोहन अस्पताल, महेन्द्र नारायण निधि हस्पिटल, मदन भण्डारी मेमोरियल एकेडेमी त पहिल्यैदेखी थिए । जिवित झलनाथजीको नाममा प्रतिष्ठान देखेर मलाई त आनन्द लागेका छ । अहिल्यै झण्डै हामीले बिर्सि सक्यौं, पछि कसले याद गर्ला ! सायद यही ठानेर ज्यूँदैमा प्रतिष्ठान खोलेको हुनुपर्छ । सल्लाहकार, सहयोगीहरुलाई
यथेष्ठ डोनेसन प्राप्तीको शुभ कामना !

तर एउटा कुरा अचम्म लाग्छ, नेताहरुको ‘समाजसेवा दृष्टि’ किन स्वाश्थ्य क्षेत्रतिरमात्रै जान्छ ? जनस्वाश्थ्यको आवस्यता महसुस भएर हो कि ‘हेल्थ रिलेटेड एनजिओ’मा धेरै माल आउने भएर हो ? कारण चाल पाउनु भएको छ कि ?

साभार ः गजुरियलडटकम

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com