नेपालबाटै ग्रिनकार्ड फाइल गर्न योग्यता जाच्नुहोस् यसरी


प्रकाशित मिति : मंसिर २५, २०७४ सोमबार

नेपालमा नै बसेर अमेरिकाको असाधारण योग्यताको ग्रिनकार्डका लागि फाइल गर्न सकिन्छ । असाधारण योग्यताको आधारमा यसरी ग्रिनकार्ड प्राप्त गर्ने विधिलाई रोजगारमा आधारमा ग्रिनकार्ड प्राप्त गर्ने पहिलो श्रेणी भनिन्छ । इबी वान श्रेणीको ग्रिनकार्डका लागि आवेदन दिने व्यक्तिले तोकिएका १० वटामध्ये तीनवटा विषय प्रमाणित गर्नसक्नुपर्ने अमेरिकी सरकारको युएस सिटिजनसिप एण्ड इमिग्रेशन सर्भिसले जनाएको छ । यो ग्रिनकार्ड फाइल गर्दा आवेदक स्वयम्ले आई १४० नामको फर्म भरेर र आवश्यक प्रमाण जुटाएर आवेदन दिनसक्छन् । वकिलको सहायता लिएर पनि यो आवेदन दिन सकिन्छ ।

कुनै व्यक्तिले राष्ट्रिय स्तरको पुरस्कार पाएको छ , उसको बारेमा राष्ट्रिय स्तरका पत्रिकाहरुमा लेखरचनाहरु प्रकाशित भएका छन् र उसले सम्बन्धित राष्ट्रिय स्तरकै कुनै काममा निर्णायक मण्डलमा रहेर काम गरेको कुरा अमेरिकी सरकार समक्ष प्रमाणित गर्न सकेको खण्डमा उसले असाधारण योग्यताको श्रेणीमा ग्रिनकार्ड प्राप्त गर्नसक्छ ।

तपाई ग्रिनकार्डको लागि योग्य हुन १० वटामध्ये ३ वटा योग्यताहरु पूरा गर्नुपर्छ । यसबारे विस्तृत जानकारीका लागि यो रिपोर्ट पढ्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com