विश्वका हजारौं युवा नेताबाट छानिएर कञ्चनले पाइन् अमेरिकी पूर्वराष्ट्रपतिबाट अवार्ड


प्रकाशित मिति : मंसिर ५, २०७४ मंगलबार

अमेरिकन कँग्रेसमा युवा तथा बालबालिकाको हितमा काम गर्ने अवशर पाइसकेकी चर्चित नेपाली चेली कञ्चन अमात्यले विश्वका हजारौं युवा नेताबाट छानिएर अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टनबाट विशेष अवार्ड प्राप्त गरेकी छिन् । पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले कञ्चनलाई पे्रसिडेन्टल अनर रोल अवार्ड २०१७ प्रदान गरेका हुन् । विश्वका हजारौं युवा नेताहरुबाट छानिएर यस्तो अवार्ड प्राप्त गर्ने कञ्चन पहिलो नेपाली हुन् ।

क्लिन्टन ग्लोबल इनिसियटिभ युनिभर्सिटीको १० औं बार्षिक सभाका क्रममा क्लिन्टन फाउण्डेशन र पूर्व राष्ट्रपति बिल क्लिन्टनले कञ्चनलाई सम्मानित गरेका हुन् । कार्यक्रममा विश्वका ९० देशबाट १५ सय भन्दा धेरै युवाहरुको उपस्थीति रहेको थियो ।

नेपालमा जन्मेर हाल अमेरिकामा रहदै आएकी कञ्चन सामाजिक अभियन्ता, महिला अधिकारवादी र वातावरणविदका रुपमा समेत चर्चित छिन् । हाल उनी राष्ट्रसंघको शुन्य भोक अभियान र महिलाको आर्थिक शशक्तिकरणमा युएन वुमन ग्लोबल च्याम्पेनमा कार्यरत छिन् । सन् २०१५ मा पनि उनी एउटा फेलोसिपका लागि पूर्व राष्ट्रपति बिल क्लिन्टनबाट सम्मानित भएकी थिइन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com