अमेरिकामा रहेका नेपाली जनजाति संस्थाका आन्तरिक समस्या समाधानका लागि कार्यदल


प्रकाशित मिति : मंसिर ३, २०७४ आईतबार

जनजाति महासंघ (फिफ्ना) अमेरिकाको महाधिबेशन नजिकिदै गएको समयमा विभिन्न संस्थामा भइ परि आएको आन्तरिक मामिलाको समस्या समाधान गर्नका लागि एक कार्यदल गठन गरिएको छ ।

तामाङ समाजका पूर्वमहासचिव तथा बर्तमान तामाङ समाज नर्थ अमेरिकाका महासचिव लाक्यान लामाको संयोजकत्वमा तर्दथ कमिटी गठन भएको उक्त तर्दथ कमिटी सदस्यमा मगर संघ अमेरिकाका प्रतिनिधि नरेन्द्र थापा मगरका साथै वालुङ कमिटीका पूर्वअध्यक्ष तेन्जिङ युक्याव रहेका छन् ।

उक्त कार्यदलले नोभेम्बर १६ मा युनाइटेड किरात राई अर्गनाइजेशन अफ अमेरिकाको प्रतिनिधिहरुसँग आगामि दिनमा संस्थालाई कसरी अगाडि बढाउने भन्ने विषयमा भेटघाट तथा छलफल समेत गरेका छन् ।

सो भेटघाट तथा छलफलमा अर्गनाइजेशनकी केन्द्रीय उपसभापति मुना राईको नेतृत्वमा न्युयोर्क च्याप्टरका सभापति केशव राम राई, युवा संयोजक केन्द्रीय सदस्य शुक्रराज राई, न्युयोर्क च्याप्टर सदस्य रुद्र राई, मध्यस्थकर्ता अग्नि राई, खालिङ समाज अमेरिकाका उपाध्यक्ष पर्खि खालिङ राईको पनि उपस्थिति रहेको थियो ।

छलफलमा संयोजक लकेन लामा र नरेन्द्र थापा मगरले निकट भविष्यमा संस्था कसरी एक भएर अगाडि जान सकिन्छ भन्ने कुरा राख्दै संस्थामा देखिएका समस्याहरुको विषयमा जानकारी गराउन आग्रह समेत गरेका थिए । जसमा युनाइटेड किरात अर्गनाइजेशनकी केन्द्रीय उपसभापति मुना राईले धेरै राम्रो कुरा भएको बताउँदै यसलाई ऐतिहासिक रुपमा सफल बनाउन सकेको सहयोग र सहकार्य गर्न अमेरिका भरिका युनाइटेड किरात राई अर्गनाइजेशन अफ अमेरिकाको तर्फबाट पहल गर्ने बताइन् । त्यस्तै संस्थाका केन्द्रीय सदस्य शुक्रराज राईले राम्रो विचारले छलफलमा प्रवेश पाएको भन्दै सक्दो सहयोग गर्ने बताएका थिए भने न्युयोर्क च्याप्टर सदस्य रुद्र राईले सबैले राम्रो विचार राखेको भन्दै धन्यवाद दिएका थिए ।

सोहि अवसरमा पर्खि खालिङ राईले राईहरुको संस्था राईहरुको संस्था फुटेर खालिङ राई गठन भएको होइन्, राईहरुको धेरै भाषा रहेकोले भाषा अनुसारको सबै देशमाभाषिक संस्था गठन भएको बताए । उनले अमेरिकामा पहिलो खालिङ राईहरुले संस्था विस्तार गरेको नबुझेका साथीहरुले राईको संस्था फुटाएर फरक संस्था गठन गरेको कुरा गलत प्रचार गरेको बताए । अमेरिकामा युनाइटेड किरात राई अन्तर्गत कुनै भाषाको राईहरुको संस्था गठन हुन्छ भने जुन संस्थामा राईहरुको संस्था फुटाएर फरक संस्था गठन गरिएको भन्न नमिल्ने बताउँदै राइहरुको संस्था एकजुट भएर जानुपर्छ भन्ने विचार राखेर अगाडि बढ्नु पर्ने बताए ।

त्यस्तै मध्यस्थकर्ता अग्नि राईले अमेरिकामा रहेका राईहरुको सबै संस्था एक बनाएर अघि बढाउने विषयमा निरन्तर लागि पर्ने बताए भने सबैको बिचारलाई मध्येनजर गरेर आवश्यक निर्णय दिने बताउँदै संयोजक लेकन लामाले राम्रो विचार सबैबाट आएकोमा धन्यवाद व्यक्त गर्दै निकट भविष्यमै भेटघाट कार्यक्रम राख्ने समेत बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com