कस्टम एण्ड बोर्डर प्रोटेक्सन अधिकारीबाट एसाइलमको केसै लिन अस्वीकार


प्रकाशित मिति : मंसिर १, २०७४ शुक्रबार

अमेरिकाका कस्टम एण्ड बोर्डर प्रोटेक्सन अधिकारीले अमेरिकामा शरण खोज्ने कैयनका केसै लिन अस्वीकार गरेको दावी सहित क्यालिफोर्नियाको अदालतमा मुद्दा दायर गरिएको छ । अमेरिकी र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्दै सिमा सुरक्षा अधिकारीहरुले एसाइलमको केस नै लिन अस्वीकार गरेको अध्यागमन वकिलहरुको दावी छ ।

सिमा क्षेत्रबाट अमेरिका छिरेर शरण लिन खोज्नेहरुका केस नै नलिएर सिमा सुरक्षा अधिकारीहरुले फिर्ता पठाइदिने गरेको जनाइएको छ । कैयनलाई त्यसरी फर्काएको प्रमाणसहित सेन्ट्रल डिस्ट्रिक्ट अफ क्यालिफोर्नियामा मुद्दा दायर गरिएको छ । मेक्सिकोको सिमाक्षेत्रबाट अमेरिका छिरेर एसाइलम गर्न खोज्ने कैयनलाई जताबाट आएको हो उतै फिर्ता पठाउन थालिएपछि एसाइलमको अधिकारको उल्लंघन भएको भन्दै विरोध गरिएको हो ।

 

तस्विर : सिमाक्षेत्रबाट गैरकानुनी रुपमा अमेरिका छिर्नेलाई पक्रने अभ्यास गर्दै अधिकारीहरु ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com