टोरन्टोमा जारी अन्तर्राष्ट्रिय सांगितिक प्रतिस्पर्धामा नेपालीका मुलका १७ बर्षीय अभि टप ८ मा


प्रकाशित मिति : कार्तिक २६, २०७४ आईतबार

क्यानाडाको टोरन्टोमा साउन्ड सुप्रिमेसि इन्टरटेन्मेन्टको आयोजनामा भइरहेको ब्याटल अफ द बिट मेकर्स म्युजिक कम्पिटिसनमा अमेरिकाको नर्थ क्यारोलाइना निबासी सत्र बर्षीय किसोर अभि बस्ताकोटी कुर्टिस वार्टस टप ८ मा पर्न सफल भएका छन् ।पहिलो चरणमा विश्वभरीका ६४ म्युजिक कम्पोजरसंगै छनोटमा परेका अभि शनिबार सबैलाई पछि पार्दै टप ८ मा पर्न सफल भए । यसअघि प्रत्येक प्रतियोगीहरूले प्रतिस्पर्धामा आफ्ना तीनतीन वटा सांगीतिक प्रस्तुति दिएका थिए । तिनै प्रस्तुतिका आधारमा संगीतका विश्व प्रसिद्ध तीन जना विशेषज्ञको टोलीले ३२ जना प्रतिस्पर्धीहरूलाइ छनोट गरेको थियो । ३२ जनाबीचको प्रतिस्पर्धामा अभि टप ८ मा परे ।

बिगतमा यस प्रतियोगिताबाट छनोट भएका प्रतिभाहरुले बिश्वबिख्यात ग्राम्मि अवार्ड, बिलबोर्ड अवार्ड, एस्काप अवार्ड, जुनो अर्वाड, सोकान अवार्ड लगाएतका अवार्डहरु जितेको इतिहास छ भने यस बर्ष पनि संयुक्त राज्य अमेरिका, क्यानाडा, बेलायत, युरोप, एसिया, अष्ट्रेलिया, अफ्रिकालगायत बिश्वका बिभिन्न मुलुकका म्युजिक कम्पोजरहरु प्रतिस्पर्धामा भिडेका थिए ।  यो अवसर आफुलाई प्रतिभा देखाउने र नेटवर्क बढाउने राम्रो अवसर भएको उनले जनाएका छन्। उमेर नपुगेका कारण आफ्ना अभिभावकले वेभर फर्ममा स्वीकृति दिएर मात्र प्रतियोगितामा सामेल भएका उनी सम्भवत सबभन्दा कम उमेरका र नेपाली मूलका पहिलो र एक मात्र प्रतिस्पर्धी हुन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com