नेपाल प्रहरी अस्पताल अबदेखि सर्वसाधारणलाई पनि खुला


प्रकाशित मिति : कार्तिक २६, २०७४ आईतबार

कात्तिक, २६ काठमाडौं । नेपाल प्रहरी अस्पतालले सर्वसाधारणका लागि पनि आइतबारबाट सेवा दिन सुरु गरेको छ ।
प्रहरी महानिरीक्षक प्रकाश अर्यालले महाराजगंजस्थित नेपाल प्रहरी अस्पताल परिसरमा एक कार्यक्रमका बीच सर्वसाधाणका लागि स्वास्थ्य सेवा शुभारम्भ गरेका हुन् ।

सेवाको शुभाम्भ गर्दै प्रहरी महानिरीक्षक अर्यालले संवैधानिक व्यवस्थाअनुसार नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन अस्पतालले पनि सर्वसाधारणका लागि स्वास्थ्य सेवा सुरु गर्नु परेको स्पष्ट पारे ।
उनले संविधान प्रदत्त नागरिक हकको संरक्षण र संम्वर्द्धन गर्न नेपाल प्रहरी प्रतिवद्ध रहेको पनि स्मरण गराए ।

कार्यक्रममा बोल्दै अस्पतालका मेडिकल डाईरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेलले अस्पतालमा सर्वसाधारणको सेवा शुभारम्भ भएसँगै थप पूर्वाधार विकास र जनशक्ति व्यवस्थापन गर्न सरकार र प्रहरी संगठनको सहयोग मिल्ने विश्वास व्यक्त गरे ।

सर्वसाधारणका लागि हाललाई दिउँसो साढे १ बजेदेखि ३ बजेसम्म ओपीडी सेवाको व्यवस्था गरिएको छ ।

अस्पतालमा सर्वसाधारणका लागि ३२ वटा बेडको व्यवस्था गरिएको छ । २११ वटा बेड रहेको अस्पतालमा ३२ वटा सर्वसाधारणका लागि छुटट्याइएको हो ।
अस्पतालको सेवा शुल्क भने अन्य सरकारी अस्पताल सरह नै हुनेछ । अस्पतालले अत्याधुनिक ल्याब बनाउने कामलाई पनि तीव्रताका साथ अघि बढाएको जनाएको छ । online khabar

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com