न्युयोर्कमा नेपथ्य कन्सर्टपछि डिजे धमाका, भोलिपल्ट वर्ल्ड फेशन परेड


प्रकाशित मिति : आश्विन १, २०७३ शनिबार

नेपालीको चर्चित ब्याण्ड नेपथ्यले अमेरिकाको न्युयोर्कमा लाइभ कन्सर्ट गर्ने भएको छ । यसपटक नेपथ्यको लाइभ कन्सर्टपछि डिजे धमाका समेत हुने भएको छ । लाइभ इन कन्सर्ट फर पिसको नारासहित सेप्टेम्बर २४ मा न्युयोर्कमा लाइभ शो हुन लागेको हो । न्युयोर्कको म्यानहटनमा रहेको म्यानहटन सेन्टर हम्मेरस्टेन बलरुपमा कार्यक्रम हुन लागेको हो । कार्यक्रमको आयोजना बल्र्ड फेशन परेडले गरेको हो ।

छेक्यो छेक्यो देउराली डाँडा, सा कर्णाली, जोमसोम बजारमा, भेंडाको उनजस्तो, उडायो रेलैले, हिमाल चुचुरे, रेशम, तालको पानी जस्ता गितका कारण चर्चित नेपथ्य ब्याण्डको शो न्युयोर्क बाहेक अन्य राज्यमा पनि गरिएको छ । नेपथ्यको कन्सर्ट गतबर्ष पनि न्युयोर्कमा भएको थियो । यसबर्ष डिजे धमाकासहित कन्सर्ट हुन लागेकोमा न्युयोर्कबासीहरु थप उत्साहित भएका छन् ।
संगितको माध्यमबाट शान्ति फैलाउनेमात्र होइन टिकट बिक्रीको १० प्रतिशत सामुदायिक कार्यमा खर्चिने राजा घिमिरेले जानकारी दिए ।

नेपथ्य कन्सर्ट लगत्तै भोलिपल्ट वर्ल्ड  फेशन परेड समेत हुने भएको छ ।वर्ल्ड  फेशन परेड म्यानहटनको ऐतिहासिक गोथम हलमा हुने भएको हो । वल्र्ड फेशन परेडका लागि विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थाहरु र संचारमाध्यमहरुको समर्थन रहेको छ ।

14256580_288957658143244_387563067_n

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com