नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालिम


प्रकाशित मिति : कार्तिक १, २०७४ बुधबार

१ कात्तिक, काठमाडौं । नेपाली सेना र अमेरिकीसेनाको संयुक्त तालिम सुरु भएको छ ।

नेपाली सेनाको छाउनीस्थित महावीर रेञ्जर रेजिमेन्ट र अमेरिकी सेनाको स्पेशन अपरेशन ग्रूपको संयुक्त तालिम सुरु भएको हो ।

संयुक्त तालिममा विपद् व्यवस्थापन सम्बन्धी उच्च पहाडी, हिमाली र उच्च हिमाली क्षेत्रमा उद्धार लगायत हिमाली युद्धकला जस्ता विषयमा आधारित रही सैद्धान्तिक र व्यवहारिक ज्ञान दिइने छ । र

महावीर रेञ्जर रेजिमेन्ट छाउनी, कास्की जिल्लाको पोखरा र मुस्ताङ जिल्लाको जोमसोम तथा मुक्तिनाथ ईलाकामा कात्तिक २८ गतेसम्म सञ्चालन हुने जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

साथै, यस किसिमको संयुक्त तालिमबाट दुई देश बीचको मैत्रीपूर्ण सम्बन्धलाई निरन्तरता प्रदान गरी सम्बन्ध अझ बढी मजबुद बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको निर्देशनालयले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com