अमेरिकी सेनामा रहेका चालिसेको मृत्यु


प्रकाशित मिति : कार्तिक १, २०७४ बुधबार

अमेरिकी सेनामा कार्यरत समीर चालिसेको मृत्यु भएको छ । सरोज चालिसे तथा सुशीला चालिसेका माहिला छोरा समीर चालिसेको मृत्यु भएको जनाइएको छ ।

अमेरिकाको वासिंटन डिसीमा बस्दै आउनुभएका पत्रकार बिष्णु शितलले फेसबुकमा स्टेटस राख्दै समीर चालिसेको मृत्यु भएको पुष्टी गर्नुभएको हो । साथै उहाँले मृतकका परिवारप्रति समवेदना समेत व्यक्त गर्नुभएको छ ।

चालिसेको टेक्सासमा मृत्यु भएको जनाइएको छ । उनको मृत्यु गत विहिबार स्वीमिङ गर्ने क्रममा भएको दुर्घटनामा भएको जनाइएको छ । दुर्घटनामा घाइते चालिसेलाई तीनदिन आईसीयुमा राखेपनि आइतबार मृत घोषणा गरिएको थियो ।

काठमाडौं चाबहिलका २९ बर्षिय समिर चालीसे दुई बर्ष जर्मनीमा बसेर दुई महिना अथगाडि अमेरिका आएका थिए । ७ बर्ष अगाडि अमेरिकामा विद्यार्थी भिसामा आएका उनी ५ बर्ष देखि अमेरिकी सेनामा थिए । दुईबर्ष अगाडि विवाह गरेका समिरले हालैमात्र पत्नीलाई जर्मनीबाट टेक्सस ल्याएका थिए । समिरका एक दाई अस्ट्रेलियामा छन् भने एक भाई नेपालमा छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com