क्यालिफोर्नियाको सान होजेमा खुल्यो नेपाली क्लासिक डायमण्ड स्टोर


प्रकाशित मिति : आश्विन ३०, २०७४ सोमबार

क्यालिफोर्नियाको सान होजेमा पनि क्लासिक डायमण्डले नयाँ गहना पसल खोलेको छ । तिहारको उपलक्ष्यमा शनिवार र आइतवार ग्रयाण्ड ओपनिङ गरिएको संचालक समिर महर्जनले जानकारी दिए ।

काठमाडौंको न्युरोड र पुल्चोकमा रहेको नेपालकै नम्बर वान गहना पसलको शाखा नै अमेरिकाको क्यालिफोर्निया सान होजेमा रहेको इस्टरिज मलमा खोलिएको हो । यस अगाडि ज्याक्सनहाइटमा क्वीन्स डायमण्डका रुपमा र मेरिल्याण्डको सिल्भर स्प्रींगमा क्लासिक डायमण्डका रुपमा गहना पसलहरु संचालित छन् ।

क्यालिफोर्नियामा खोलिएको नयाँ गहना पसलमा परम्परागत र आधुनिक २२ क्यारेट सुनका आकर्षक गहनाहरु उचित मुल्यमा किन्न सकिनेछ । तिहारको उपलक्ष्यमा विभिन्न अफरको समेत व्यवस्थ छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com