डिभीका लागि योग्य देशमा नजन्मेकाले डिभीमा सहभागी हुने दुई तरिका


प्रकाशित मिति : आश्विन २१, २०७४ शनिबार

यदि कुनै व्यक्ति डिभीका लागि योग्यताप्राप्त देशमा नजन्मिएको भएतापनि अन्य दुई तरिकामार्फत सहभागी हुन पाउने अमेरिकी सरकारले जनाएको छ । यी दुई तरिकाहरु यस्ता छन् ।

 के तपार्इँको पति/ पत्नीको जन्म त्यस्तो देशमा भएको हो जहाँका नागरिक डिभीका लागि योग्य छन् ? यदि योग्य ठहरिई अनि डिभी भिसा प्राप्त भएमा तपाईँले आफ्नो पति वा पत्नीको जन्मदेशको नागरिकताको हक दाबी गर्न सक्नुहुन्छ – तर दुबै तपाईँ र तपार्इँको पति÷पत्नी छनोटमा परी भिसा प्राप्त गरी एकैसाथ अमेरिका प्रवेश गर्नु पर्दछ ।

 के तपाईँको जन्म त्यस्तो देशमा भएको हो जहाँका नागरिक डिभीका लागि योग्य छैनन् तर तपाईँका दुबै आमाबुबाको जन्म आफू जन्मेको देशमा भएको होइन वा तपाईँको जन्म भएको बेला उक्त देशमा वैध रूपमा बसोबास गरिरहेका थिएनन् ? यदि हो भने तपाईँले आफ्नो आमाबुबाको जन्मदेशको नागरिकताको हक दाबी गर्न सक्नुहुनेछ, यद्यपि सो देशका नागरिक डिभी–२०१९ कार्यक्रमका लागि योग्य हुनुपर्नेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com