न्युजर्सीमा दशै तिहारको शुभकामना आदानप्रदान


प्रकाशित मिति : आश्विन १८, २०७४ बुधबार

अमेरिकाको न्यु जर्सी राज्यमा बसोबास गर्ने नेपालीहरुले सामुहिक रुपमा दशै तथा तिहारको शुभकामना आदान प्रदान गरेका छन् । बडा दशै तथा तिहारको शुभ अवसर पारेर न्यु जर्सी राज्यमा रहेका चार सँस्थाहरुको आयोजनामा सामुहिक रुपमा दशै तिहार मनाएका हुन् ।

कार्यक्रममा न्यूयोर्कस्थित नेपाल सरकारको बाणिज्यदुतावासका वाणिज्यदुत कृशु क्षेत्रीले विश्वभर छरिएर रहेका नेपालीहरुलाई दशै तथा तिहारको शुभकामना दिँदै, आफ्नो देशको भाषा र सस्कृतिको जर्गेनामा लागि रहन आग्रह गरेका छन् ।

कार्यक्रममा जर्सी सिटी मेयर सल्लाहकार डा. विण्णुमाया परियारले नेपाली समाजको बृहत्तर बिकासमा लागि रहने प्रतिवद्धता जनाउँदै, नेपालीहरुले स्थानिय कामका साथै अमेरिकी सस्थाहरुमा समेत आफ्नो पहुँच कायम राख्न आग्रह गरेकी छन् ।

यस्तै कार्यक्रममा एनआरएन अमेरिकाका पूर्व उपाध्यक्ष श्री पराजुली, एनआरएन अमेरिकाका निर्वतमान सल्लाहकार यम अधिकारी, वुमन फर कजकी अध्यक्ष गिता खनाल पोखरेल, फ्रेण्डस अफ न्यु जर्सीका उपाध्यक्ष मकुल आचार्य, नेपाली जनसम्पर्क समिति अमेरिका न्यु जर्सी च्याप्टर सभापति रणबहादुर केसी लगायत अन्य सहभागि अतिथिहरुले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा बहुचर्चित लोकपप गायक तिलक बम मल्लले मुटु छुने लुम्लेको हावाले लगायतका बिभिन्न गित प्रस्तुत गरेका थिए । यस्तै स्थानिय कलाकारहरुको समेत प्रस्तुती रहेको नेपाली समाज न्यु जर्सीका महासचिव कृष्ण सुवेदीले जानकारी दिएका छन् ।

कार्यक्रम नेपाली समाज न्यु जर्सी, नेपाली जनसम्पर्क समिति, एनआरएन, जर्सी सिटी नेपाली समाजको संयुक्त आयोजनामा भएको थियो ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com