माधवकुमार नेपालको वडामा राजपा विजयी


प्रकाशित मिति : आश्विन ४, २०७४ बुधबार

सबै राजनीतिक दलका शीर्ष नेताहरु रुपमा आफ्नै वडा वा गाउँपालिका कमजोर हुने गरेको मतपरिणामले देखाएको छ ।
प्रदेश नम्बर दुईको रौतहत नेकपा एमालेको वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुरमा नेपालको गृह जिल्ला हो । नेता नेपाल पनि आफ्नै गृह जिल्लामा कमजोर देखिएका छन् । त्यति मात्र होइन नेता नेपालकै वडामा एमाले कमजोर देखिएका छन् ।

नेता नेपालको वडामा राजपा नेपालको प्यानल नै विजयी भएको छ। नेता नेपालको घर भएको रौतहटको गौर नगरपालिकास्थित वडा नम्बर २ को वडाध्यक्षमा राजपाका उम्मेदवार राकेशकुमार झा सहितको प्यानल विजयी हुनु भएको हो । झाले एमालेका उम्मेदवार रामपरीक्षण राय यादवलाई २ सय २३ मतले पराजित गर्नु भएको हो ।

राजपा उम्मेदवार झाले ३ सय ७३ मत पाए भने एमालेका उम्मेदवार यादवले १ सय ५० मत प्राप्त गर्नु भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com