हवाई आक्रमणमा परी इराकमा ३०६ आइएस लडाकू मारिए


प्रकाशित मिति : आश्विन ३, २०७४ मंगलबार

इराकको पश्चिमी क्षेत्रमा भएको हवाई आक्रमणमा परी ३०६ जना अतिवादी इस्लामिक लडाकू मारिएका छन् ।
लडाकूहरूलाई लक्षित गरी भएको आक्रमणका कारण उनीहरु बस्ने आश्रयस्थलहरू ध्वस्त भएको इराकी सेनाले आइतबार जनाएको छ ।
जेट लडाकू विमान मार्फत् यही सेक्टेम्बर ११ देखि १६ सम्म आईएसको मुख्यालय र त्यस वरपर आक्रमण भएको हो ।
अकासात, आना, अल क्विम लगायत अन्बार प्रदेशका विभिन्न ठाँउहरुमा आक्रमण भएको गुप्तचर संचार अधिकृतले वक्तव्यमा भनेका छन् ।
हवाई आक्रमण अकासात क्षेत्रमा २९ जना आइएस लडाकूहरुलाई लक्षित गरेर गरिएको थियो । चार जना आतङकबादी नेता सहित १२० जना लडाकूहरु मारिएको वक्तव्यमा जनाइएको छ ।
मायाडिन क्षेत्रका ६ जनालाई पनि लक्षित गरेर हवाई आक्रमण गरिएको थियो । जहाँ रहेका दर्जनौ लडाकूहरु मारिएका छन् भने तीन ओटा सवारी साधन पनि ध्वस्त भएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com