बङ्गलादेशमा छ लाख बालबालिका विस्थापित हुने अनुमान


प्रकाशित मिति : आश्विन १, २०७४ आईतबार

कोक्सबजार (बङ्गलादेश), १ असोज (रासस÷सिन्ह्वा) ः यस बर्षको अन्त्यसम्ममा झण्डै छ लाख बालबालिका म्यानमारबाट विस्थापित भएर बङ्गलादेश प्रवेश गर्ने अनुमान गरिएको छ ।

रोहिङ्गा समुदायका बालबालिका म्यानमारको राखिन राज्यमा भएको हिंसाका कारण विस्थापित भइरहेका छन् । उनीहरु यस बर्षको अन्त्यसम्ममा त्यति ठूलो सङ्ख्यामा बाहिरिनुपर्ने अवस्था आएको सहायता समूहले जनाएको छ ।

बुद्ध धर्मावलम्बीहरुको बाहुल्यता रहेको त्यस राज्यबाट अहिलेसम्म रोहिङ्गा मुिस्लम समुदायका झण्डै चार लाख जना नागरिक विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

राष्ट्रसङ्घका अनुसार अहिले विस्थपित भएकामध्ये झण्डै आधा जति बालबालिका हरेका छन् । म्यान्माली नागरिक दिनहूँ लगाएर पहाडी बाटो हिँडेर पनि त्यहाँ पुग्ने गरेका छन् ।

“राष्ट्रसङ्घीय निकायहरुका अनुसार यस बर्षको अन्त्यसम्ममा विस्थापितहरुको सङ्ख्या बढेर छ लाख पुग्नेछ,” सेभ द चिल्ड्रेन च्यारिटीका बङ्गलादेश प्रमुख मार्क पिर्सले भन्नुभयो ।

बङ्गलादेश र सहयोगी निकायहरुले विस्थापितहरुका लागि कोक्सबजारको नजिकै खुल्ला तथा पहाडी ठाँउहरुमा शिविरको व्यवस्थापन गर्न लागिरहेका छन् । कोक्स बजार म्यानमारसँग सिमाना जोडिएको बङ्गलादेशको ठाँउ हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com