लन्डन रेलमा हमला गर्ने थप एकजना पक्राउ


प्रकाशित मिति : आश्विन १, २०७४ आईतबार

लन्डन, १ असोज (रासस÷सिन्ह्वा) : लन्डनमा केही दिनअघि रेलमा भएको आक्रमणका एकजना संकास्पद व्यक्तिलाई पक्राउ गरिएको समाचार छ ।

लन्डन प्रहरीले सो रेलमा भएको हमलामा संलग्नमध्ये चारजनाको खोजी गरिरहेको छ । एकजना युवकलाई शनिबार अबेर राति लन्डनमा पक्राउ गरिएको जानकारी प्रहरीले दिएको हो ।

ती व्यक्तिलाई लन्डनको पश्चिमी भाग हाउन्स्लोमा पक्राउ गरिएको हो । सो कुराको जानाकारी प्रहरीले एक विज्ञप्तिमार्फत आइतबार गराएको छ ।

लन्डनको पार्सन्स ग्रिन स्टेशन्समा गएको शुक्रबार सो रेलमाथि हमला गरिएको थियो । उक्त हमलामा परी कम्तीमा पनि ३० जना घाइते भएका थिए ।

लन्डनको प्रहरीले सो हमलालाई आतङ्ककारी हमला भनेको छ । क्षति सानो भए पनि त्यो आतङ्ककारी हमला नै थियो भन्दै प्रहरीले ती हमलाकारीहरुको खोजी गरिरहेको जनाएको छ ।

लन्डनमा यसअघि पनि आतङ्ककारी हमला हुने गरेको छ । जसका कारण केही मानिसको हताहत पनि भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com