सेप्टेम्बर १७ मा ३० हजारलाई अमेरिकी नागरिकता दिइने, कैयन नेपाली समेत


प्रकाशित मिति : भाद्र ३१, २०७४ शनिबार

सेप्टेम्बर १७ मा ३० हजारलाई अमेरिकी नागरिकता दिइने भएको छ । जसमा कैयन नेपालीहरु समेत छन् । संविधान दिवश र नागरिकता दिवशको अवशरमा अमेरिकी सरकारले ३० हजार योग्य आप्रवासीहरुलाई नागरिकता प्रदान गर्ने भएको हो ।

नागरिकता प्रदान गर्नका लागि सेप्टेम्बर १७ मा २ सय भन्दा धेरै नागरिकता प्रदान गर्ने कार्यक्रमहरु आयोजना गरिएको छ । त्यस्ता कार्यक्रमहरु सेप्टेम्बर २१ सम्म अमेरिकाभर आयोजना गरिनेछ । अमेरिकामा रहेका ३० हजार ग्रिनकार्ड प्राप्त नागरिकताका लागि योग्यहरुले सोही दिन नागरिकताको सपथ लिनेछन् ।

सन् १७८७ मा सेप्टेम्बर १७ को दिनमा अमेरिकामा संविधानमा हस्ताक्षर गरिएको थियो । सन् १९४० देखि यो दिनलाई संविधान दिवशका रुपमा मनाउन लागिएको हो । कैयन नागरिकता उत्सवहरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वागत भिडियो समेत बजाइने भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com