अध्यागमनका नाममा अमेरिकामा नेपालीबाटै यसरी ठगिन्छन् नेपाली


प्रकाशित मिति : भाद्र २७, २०७४ मंगलबार

-अनिल अधिकारी 

गैरकानुनी रुपमा मेक्सिको हुँदै एक करोड रुपैया सम्म लगानी गरेर अमेरिका आउने नेपालीहरुलाई ईमिग्रेशनका नाममा पुनः अमेरिकामा ठग्ने ठगहरुको यहाँ ठुलै लाम छ ।

घर खेत बन्धक राखेर दलाललाई करोड रुपैयाँ सम्म बुझाएर अमेरिका आउने नेपालीहरुलाई यहाँ ईमिग्रेशनका नाममा अर्को ठगि गर्ने ठगहरुको यहाँ ठुलै कार्यालय छ । बिभिन्न माध्यमबाट अमेरिका आईपुगेकाहरुलाई कागजपत्र बनाईदिने ठगहरु यहाँका ठुला समाजसेवीका नामबाट समेत परिचित छन् ।

चाहे शुरुवातमा ईमिग्रेशन सम्वन्धी निवेदन बुझाउने काम होस वा ग्रिन कार्ड बनाउने अन्तिम चरण सम्मका काम हुन यही काममा ठग्नेहरु यहाँ ठुलै कार्यालय खोलेर बसेका छन् । उनिहरु नत कुनै ईमिग्रेशन वकिल हुन नत उनिहरुलाई कुनै ईमिग्रेशन सम्वन्धि जानकारी नै छ ।

यसरी नेपालीलाई ईमिग्रेशनको काममा ठग्नेहरुले सामान्य निवेदन लेखेवापत होस वा ठेगाना राखे वापत होस या त भनौं सरकारी कार्यालयमा बुझाउने सामान्य निवेदन नै किन नहोस यस्तै काममा ईमिग्रेशन दलालहरु सक्रिय छन् ।

सामान्यतय अमेरिकामा सरकारी कार्यालयमा निवेदन अनलाईनबाट फ्रि मा भर्ने सुविधा छ, तर ईमिग्रेशन दलालहरु यही फाइदा उठाउँदै धन्दा चलाईरहेका छन् । गैर कानुनी रुपमा अमेरिका आउनेहरु ईमिग्रेशन सम्वन्धी जानकार हुँदैनन्, यही फाइदा उठाउँदै नेपालको मालपोत कार्यालय बाहिर बस्ने लेखनदास जस्तै ठगदासहरु यस धन्दामा छन् ।

यस्ता दलालहरुले ठुलो लगानीमा अमेरिका आईपुगेकाहरुसँग ठेगाना राखे वापतको मासिक रकम लिन्छन्, ग्रिन कार्डको अन्तिम फैसाला हुँदा सम्मका बिभिन्न निवेदन दिने काममा उनिहरु शुल्क नै तोकेर धन्दा चलाईरहेका छन् । यसरी भनौं यहाँ आईपुगेकाहरुसँग ग्रिन कार्ड बनाउने अवधि सम्म उनिहरुलाई सुनको अण्डा दिने कुखुरा बनाईरहेका छन् ।

बाग्लुङ्गका राज सुवेदीले ग्रिन कार्ड बनाउने अवधि सम्म वकिलको समेत गरेर करिव २० हजार डलर खर्च गरे । राज मेक्सिको हुँदै अमेरिका आईपुगेका हुन् । उनले नेपालबाट हिड्ने बेला दलाललाई ३५ लाख डलर तिर्ने शर्तमा हिडेका थिए ।

शुरुमा राज यहाँको कानुन अनुसार नजरबन्दमा थिए उनिसंग वकिल लगाउनुपर्छ त्यसका लागि १५ सय डलर तिर्नुपर्छ भन्दै उनको परिवारसँग पैसा लिए । त्यसपछि उनि बाहिर निस्कदा ठेगाना राख्नु पर्छ भन्दै पाँच सय लिइयो । त्यो पनि ठेगाना राखे वापत बार्षिक पाँच सय तिर्ने सर्तमा । त्यसपछि वकिलको खर्च भन्दै पाँच हजार डलर लिइयो । यहाँ कुरा छ, ईमिग्रेशनको काम गर्ने वकिलले २५ सय डलर मात्रै लिन्छन्, त्यही बिचमा दलालले २५ सय डलर खायो ।

यही बिचमा राजले वर्क परमिटका लागि निवदेन दिनुपर्ने भयो, यो निवेदन दिनका लागि अमेरिकी सरकारी कार्यालयले लिने निश्चित शुल्क बाहेक पाँच सय डलर लिएर काम भयो । यसैगरी राजले बिभिन्न निवदेन दिँदै गर्दा प्रत्येक पटक दुई सय देखी पाँच सय सम्म डलर अतिरिक्त शुल्क तिर्दै गए, यसरी उनले उनको ग्रिन कार्ड बन्ने दुई बर्षको अवधि सम्म २० हजार डलर खर्च गरे ।

ईमिग्रेशनका नाममा ठगिएका अर्का पिडित छन्, म्याग्दी बेनीका जिवन आचार्य । आचार्य न्यूयोर्क शहर भन्दा बाहिर बस्छन् । आउदाको ऋण तिर्न पनि उनि न्यूयोर्क शहर भन्दा बाहिर बस्नुपर्छ । न्यूयोर्कमा काम गरेवापत आउने पैसाले उनको ऋण तिर्न पुग्दैन् । उनिसँग उनको ईमिग्रेशन सम्वन्धी काम गर्ने वकिलको कार्यालयमा काम गर्ने व्यक्तिले यो वा त्यो बाहानामा दुई सय देखी पाँच सय रुपैँया लिने गरेको छ ।

त्यसरी जिवनको काम गर्ने व्यक्तिले माथी उल्लेख भएका राजसँग जस्तै बिभिन्न बहाना बनाएर प्रत्येक निवेदनको साथमा दुईसय देखी पाँच सय डलर सम्म लिन्छ । हामीले गरेको अध्ययन अनुसार ईमिग्रेशन वकिलको कार्यालय समेत यस्तै बिभिन्न बाहानामा निवेदकहरुबाट लिइने अतिरिक्त खर्चबाट चल्छ ।

रोल्पाका बिनोद मल्लले समेत खसोखाससँग भने, हामी बिशेषगरी वकिलको कार्यलयमा काम गर्ने सहायकहरुबाट ठगिएका छौं, उनिहरुले बिभिन्न बहाना बनाएर हामीसंग शुल्क तोकेरै रकम लिन्छन् । उनले हामीसंग गुनासो गर्दै भने यसको निरिक्षण गर्ने नत यहाँ कुनै निकाय छ, नत हाम्रा वकिलहरुले त्यो ख्याल गर्छन् ।

माथी उल्लेखित गुनासोलाई हेर्ने हो भने अमेरिकामा बिशेषगरी न्यूयोर्क शहरमा यस्तो धन्दा रामैसंग फैलिएको छ । रोल्पाका शर्मा, हिन्दी भाषाको एउटा भनाई सापट लिँदै भन्छन्, – ‘चल राहाहे भाई चल्ने दो ।’

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com