अमेरिकी अध्यागमनबारे न्युयोर्कमा विशेष कार्यक्रम सेप्टेम्बर ९ मा


प्रकाशित मिति : भाद्र २१, २०७४ बुधबार

यही सेप्टेम्बर ९ मा न्युयोर्कमा अमेरिकी अध्यागमन कानुनबारे पछिल्लो अवस्थाको जानकारी दिन विशेष कार्यक्रम हुने भएको छ । एबीसी टेलिभिजनले गर्ने कार्यक्रममा न्युयोर्कका चर्चित कानुन व्यवसायी केशवराज सेडाईले अमेरिकी अध्यागमनको पछिल्लो परिवर्तन र भविश्यबारे जानकारी दिनुहुनेछ ।

कार्यक्रम दिउसो ३ बजे न्युयोर्कको ज्याक्सनहाइटमा रहेको थकाली किचनमा हुने भएको छ । कार्यक्रममा पारिवारिक आधारमा ग्रिनकार्ड डिभी लोटरी र रोजगारमा आधारित ग्रिनकार्डलाई प्रभाव पार्ने गरी संसदमा पेश गरिएको विधयेक, टीपीएस, डाकाबारे आएको पछिल्लो परिवर्तनले नेपालीलाई पार्ने प्रभाव लगायतका विषयमा छलफल हुनेछ ।

कार्यक्रमको पहिलो एकघण्टाको सेसनमा सहभागीहरुले नीतिगत प्रश्नहरु सोध्न पाउनेछन् । पहिलो सेसन एबीसी टेलिभिजनमा प्रशारण हुनेछ । दोश्रो सेसनमा सहभागीहरुले कुनै पनि प्रश्नहरु कानुन व्यवसायी समक्ष राख्न पाउनेछन् । कार्यक्रममा सहभागी हुनका लागि कुनै शुल्क तिर्नुपर्ने छैन । तर कार्यक्रम टेलिभिजनका लागि छायांकन हुने भएकाले कार्यक्रम सुरु भइसकेपछि कार्यक्रम हलमा प्रवेश दिइनेछैन ।

कार्यक्रमबारे थप जानकारी र सहभागिता कन्फर्म गर्न यहाँ क्लिक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com