अमेरिकामा जीपीएस लगाएर छाडेका नेपाली पुन जेलमा


प्रकाशित मिति : भाद्र १७, २०७४ शनिबार

अमेरिकामा जीपीएस लगाएर छाडिएका इमिग्रेशन बन्दीहरुलाई समेत इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टले पुन पक्राउ गरेर जेलभित्र हाल्ने क्रम तीब्र भएको कानुन व्यवसायी खगेन्द्र जीसीले जानकारी दिनुभएको छ । खसोखास लाइभमा प्रधानसम्पादक किशोर पन्थीसँग कुराकानी गर्दै उहाँले भन्नुभयो – ‘अध्यागमन कानुनको कडाईका साथ कार्यान्वयन गर्ने क्रममा पहिले जीपीएस लगाएर छाडिएका बन्दीहरुलाई समेत पुन पक्राउ गरेर जेल हाल्न थालिएको छ ।’

पहिले तारिखमा छाडिएका र जीपीएस लगाएर छाडिका धेरै नेपालीहरुलाई पुन बोलाएर जेलमा राख्ने क्रम बढेको जीसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो यो कार्यले आप्रवासीहरुमा नराम्रो सन्देश दिइरहेको छ । तारेखमा बसेको व्यक्तिलाई बोलाएर जेलमा हाल्ने प्रकृया तीब्र हुँदा आप्रवासीहरुमा त्रासको वातावरण सृजना भएको छ ।

यो पनि पढ्नुहोस्

अमेरिकी खुल्ला जेलमा नेपाली, खुट्टामा जीपीएस लगाएका नेपालीको संख्या बढ्दो

गैरकानुनी रुपमा सिमा पार गरेर अमेरिका छिरेर तारिखमा छुटेकाहरुलाई बढी निशानामा पारिएको जीसीले जानकारी दिनुभयो । तारेखमा छुटेको वा जीपीएसमा छाडिएको व्यक्तिलाई घरमा फोन गरेर बोलाएर डिटेन्सन सेन्टरमा पठाउने क्रम तीब्र भएको छ । त्यसमा कैयन नेपालीहरु छन् ।

अरु राज्यहरुमा केही पहिलेदेखि नै त्यसो गरिएको पाइएपनि अहिले न्युयोर्कमा समेत नेपालीलाई पक्राउ गरेर डिटेन्सन सेन्टरमा राखिएको कानुन व्यवसायी जीसीले स्पष्ट पार्नुभयो । गैरकानुनी रुपमा सिमा पार गरेर अमेरिका छिर्ने कैयन नेपालीहरुलाई यसअघि खुट्टामा जीपीएस लगाएर तारेखमा छाड्ने गरिएको थियो ।

तस्विर: खुट्टामा जीपीएस लगाएर तारेखमा छाडिएका एक नेपाली ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com