सापकोटाको अध्यक्षतामा गुल्मी अमेरिका नमुना अभियानको नयाँ कार्यसमिति


प्रकाशित मिति : भाद्र ५, २०७४ सोमबार

न्युयोर्कमा स्थापित गुल्मी अमेरिका नमुना अभियान (गाम मुभमेन्ट) को नयाँ कार्यसमिति हरिनारायण सापकोटाको अध्यक्षतामा चयन गरिएको छ । यसअगाडि गाम मुभमेन्टको संयोजक गोमा सेन हुनुहुन्थ्यो ।

नयाँ कार्यसमितिका उपाध्यक्षमा भीम पन्त, महासचिवमा राजेन्द्र गौतम, सह सचिवमा कृष्ण पन्थ, कोषाध्यक्षमा रेशम रायमाझी, सहकोषाध्यक्षमा पुरुषोत्तम पन्थी र सदस्यहरुमा गोमा सेन, सिता खरेल, मनमोहन सिंह घिमिरे, अशोक ज्ञवाली, यम अर्याल, भविन्द्र खराल, सरोज कुँवर, लक्ष्मण अर्याल, तिमला ज्ञवाली, लक्ष्मी थापा, गोापाल थापा, दुर्गा केसी, प्रभा देवकोटा र यम लामिछाने रहनुभएको छ ।

न्युयोर्कको कोरोनापार्कमा गरिएको भेलाले नयाँ कार्यसमिति चयन गरेको हो । गाम मुभमेन्ट अमेरिकाको कानुन अनुशार गैर नाफामुलकरुपमा दर्ता ५०१ सी प्रमायापत्र प्राप्त संस्था हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com