खादा (खतक) मा प्रतिवन्ध लगाउने सरकारी निर्देशन खारेज


प्रकाशित मिति : भाद्र २२, २०७३ बुधबार

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले खादा (खतक) प्रयोगमा लगाएको यसअघि भएको निर्णय खारेज गरेको छ ।

गत असार २१ गते संस्कृति पर्यटन तथा नागरिक उड्डयन सचिव स्तरीय निर्णयबाट खादा प्रयोग नगर्न मातहतका निकायलाई निर्देशन दिएको थियो । सो निर्णयको बौद्ध धर्मावलम्बी र आदिवासी जनजाति संस्थाहरुले त्यसको विरोध गरेको थियो ।

चौतर्फी विरोधपछि सोही मन्त्रालयका सचिव स्तरीय निर्णयबाट यसअघि भएका निर्णय कार्यान्वयन नगर्न पुनः पत्राचार गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com