रसियाली सहरमा छुरी प्रहारबाट आठ घाइते


प्रकाशित मिति : भाद्र ३, २०७४ शनिबार

मस्को, ३ भदौ । रसियाको दुर्गम उत्तरी सहरमा भएको एक छुरी आक्रमणमा परी कम्तीमा आठ व्यक्ति घाइते भएका छन ।

एक व्यक्तिले आठ जना व्यक्तिलाई छुरी प्रहार गरेको बताइएको छ । सो आक्रमणपछि प्रहरीले ती व्यक्तिलाइ कारबाहीको क्रममा गोली प्रहार गरेको बताइएको छ ।

आक्रमणकारी आफनो छेउबाट हिडीरहेका व्यक्तिहरुलाई चक्कु प्रहार गरेका अनुसन्धानकर्ताहरुले शनिबार जानकारी दिएको छ यो एक भीषण आक्रमण भएको रसियाको अनुसन्धान विभागले जानकारी दिएको छ ।

सहरको मध्य भागमा रहेको मुख्य सडकमा स्थानीय समय अनुसार विहान ११.३० मा घटना भएको अधिकारीहरुले जनाएका छन् । घटनास्थल मोस्को देखि २१ सय किलोमिटर उत्तर तर्फ रहेको छ

घटनामा घाइते भएका मध्ये २ जनाको अवस्था गम्भीर रहेको र बाँकीको अवस्था स्थीर रहेको प्रान्तीय सरकारका अधिकारीहरुले बताएका छन् । उनीहरुले जारी गरेको वक्तव्यमा आक्रमणकारीहरुको पहिचान हुन नसक्ने उल्लेख गरिएको छ । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com