बार्सिलोनामा घाइते भएकामा २५ जना फ्रान्सेली


प्रकाशित मिति : भाद्र २, २०७४ शुक्रबार

पेरिस, २ भदौ । स्पेनको बार्सिलोना सहरमा बिहीबार अपराह्न भएको आतङ्ककारी हमलामा परी घाइते भएकामध्ये २६ जना फ्रान्सेली नागरिक रहेका छन् ।

फ्रान्सेली विदेशमन्त्री जेएन भेसले ड्रिआनले शुक्रबार सो जानकारी दिनुभएको प्राप्त समाचारमा उल्लेख छ ।

घाइते भएका फ्रान्सेली नागरिकमध्ये ११ जनाको अवस्था गम्भीर रहेको पनि उहाँले जानकारी दिनुभएको छ ।

यस हमलामा परी १३ व्यक्तिको ज्यान जानुका साथै करिब १०० जना गम्भीररुपमा घाइते भएका बताइएको छ ।

बार्सेलोना आक्रमण

यद्यपि गृहमन्त्री जेरार्द कोल्लोम्बले आरटिएल रेडियोलाई दिनुभएको जानकारीअनुसार गम्भीर घाइतेहरुको सङ्ख्या १७ हुन सक्ने अनुमान गरिएको छ ।

स्पेनका गृहमन्त्रीले यो आतङ्ककारी हमला भएको पुष्टि गर्दै आक्रमणकारीको खोजी भइरहेको बताउनुभएको छ ।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले यस भयंकर आक्रमणपछि फ्रान्स र स्पेन एक भएको बताउनुभएको छ ।

हिजो भएको यस आक्रमणमा परी फ्रान्स, इटाली, भेनेजुएला, अष्ट्रेलिया, पेरु, अल्जेरिया र चीनका नागरिक मारिनुका साथै घाइते भएका छन् । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com