कम्युनिटी सेन्टर बनाउन ‘बोस्टन सप्ताह’मा उठ्यो साढे १५ लाख डलर


प्रकाशित मिति : श्रावण ३१, २०७४ मंगलबार

न्युइङ्ल्याण्ड क्षेत्रमा पशुपतिनाथको मन्दिर तथा बुद्ध स्तुपा सहितको नेपाली कम्युनिटी सेन्टर निर्माणका लागि आयोजना गरिएको ‘बोस्टन सप्ताह’मा जम्मा १५ लाख ६२ हजार ४ सय १५ डलर दान सङ्कलन भएको छ । अझै पनि दाताहरु यो महाअभियानमा सहभागी हुन सक्ने आयोजकले जानकारी दिएका छन् ।

आयोजकले सप्ताहस्थलमा आएर दान दिने दाताहरूको सूची सार्वजनिक गरेका छन् भने अन्तिम सूची छिट्टै प्रकाशन गर्ने जनाएका छन् । अमेरिकाको बोस्टनमा गरिएको श्रीमद्धभागवत् सप्ताह ज्ञान महायज्ञमा वाचन प्रविण दिनबन्धु पोखरेलको प्रवचन दिनुभएको थियो ।

अगस्त ६ मा सुरु गरिएको सप्ताहबाट लक्ष्य भन्दा धेरै रकम संकलन भएको छ । सामुदायिक केन्द्र बनाउने अभियानमा साथ दिन सप्ताहमा आएकाहरुले आफ्नो क्षमताअनुसार १० डलरदेखि ५१ हजार डलरसम्म दान गरेका छन् । लक्ष्मीनारायण प्रधान र झरना प्रधानको परिवारले सबैभन्दा ५१ हजार डलर दान गरेका थिए ।

दाताहरुको सुची हेर्न यहाँ क्लिक गर्नुहोला ।

यस्तै युवा व्यवसायी एवं सञ्चारकर्मी सुरेश वाग्ले र रोशनी खनालको जोडीले ३० हजार ३ सय ३३ डलर ३३ सेन्ट दान गरेको थियो । बोस्टन क्षेत्रमा सफल व्यवसायीका रुपमा स्थापित नेपाली रेष्टुरेन्ट हिमालयन बिस्ट्रोले २८ हजार ४ सय ४४ डलर दान गरेको थियो । यस्तै बोस्टन क्षेत्रकै अर्का सफल व्यवसायी शिव श्रेष्ठ र अन्जु श्रेष्ठले २६ हजार डलर दान गरेका थिए ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com