कुन रक्तसमूहका मानिस कस्तो स्वभावका ?


प्रकाशित मिति : श्रावण २८, २०७४ शनिबार

श्रावण २८, २०७४-
संसारमा चार प्रकारका रक्तसमूह भएका मानिस छन् । ती फरक–फरक समूहअनुसार मानिसको स्वभाव पनि फरक–फरक हुन्छ भनिन्छ ।

ए समूह
करिब ४० प्रतिशत मानिसको रक्तसमूह ए हुन्छ, जसमा ३४ प्रतिशत पोजेटिभ तथा ६ प्रतिशत नेगेटिभ हुने विश्व स्वास्थ्य संगठनले अनुमान गरेको छ । यो रक्तसमूह भएका मानिसहरू शान्त स्वभावका, सामाजमा चाँडै घुलमिल हुने, समूहमा काम गर्न मन पराउने तथा संवेदनशील हुन्छन् । भनिन्छ, उनीहरू आफ्नो कमजोरी तत्काल स्वीकार गर्न नसक्ने वा कसैसँग झुक्न नचाहने तथा कुनै पनि कुरामा एकोहोरो लागिरहने खालका हुन्छन् ।

बी समूह
संसारमा यो रक्तसमूह बी भएका मानिस ८ प्रतिशत भएको अनुमान गरिएको छ, जसमा ७ प्रतिशत पोजेटिभ तथा १ प्रतिशतमा नेगेटिभ हुन्छन् । यो रक्तसमूह भएका मानिसहरू अरूलाई हतपत्त विश्वास गर्दैनन् । जे काम पनि आफू मात्र गर्न चाहन्छन् । रचनात्मक काममा मन लगाउँछन्, कुनै गल्ती भए तत्काल सुधार्न पनि पछि पर्दैनन् ।

एबी समूह
सबैभन्दा कम मानिसमा भएको रक्तसमूह एबी हो । यो ४ प्रतिशत मानिसमा मात्र पाइन्छ । ३ प्रतिशतमा पोजेटिभ हुन्छ भने १ प्रतिशतमा नेगेटिभ पाइन्छ । यो रक्तसमूहका मानिसहरू नरम बोलीचाली, रमाइलो गर्न मन पराउने तथा आफूलाई चाँडै कन्ट्रोल गर्न सक्ने खालका हुन्छन् । यिनीहरूको नराम्रो बानी भनेको निर्णय क्षमताको अभाव हो ।

ओ समूह
संसारका सबैभन्दा बढी मानिसमा पाइने रक्तसमूह ओ हो, जसमध्ये करिब ४० प्रतिशतमा पोजेटिभ तथा ७ प्रतिशतमा नेगेटिभ हुन्छ । यो रक्तसमूहका मानिसहरू आफूलाई नेतृत्वमा राख्न रुचाउँछन् । उनीहरूमा आफूले सुरु गरेको काम पूरा गरिछाड्ने खालको स्वभाव हुन्छ । यिनीहरूको खराब पक्ष भनेको अरूको डाहा गर्नु र जुनसुकै कुरामा पनि तम्सिहाल्नु हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com