अमेरिकाको ग्रिनकार्ड पाउने नेपाली १ लाख १० हजार नाघे


प्रकाशित मिति : श्रावण २७, २०७४ शुक्रबार

अहिलेसम्म अमेरिकाको ग्रिनकार्ड पाउने नेपाली १ लाख १० हजार नाघेको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांकले देखाएको छ । सन् १९८९ भन्दा अगाडि अमेरिकाको ग्रिनकार्ड पाउने नेपालीहरु हरेकबर्ष एकसय वा त्यो भन्दा कमको हाराहारीमा थिए । अमेरिकी सरकारले नेपालीहरुको विवरण छुट्टै राख्ने समेत गरेको थिएन । तर सन् १९८९ देखि सन् २०१५ सम्म ९६९०२ जना नेपालीहरुले अमेरिकी ग्रिनकार्ड पाइसकेका छन् ।

सन् २०१६ मा काठमाडौंमा रहेको दूतावासले ६४८३ जनालाई आप्रवासी भिसा जारी गरेको थियो । त्योबाहेक अमेरिकामा विभिन्न भिसामा आएर ग्रिनकार्ड प्राप्त गर्नेहरुको संख्या त्यो भन्दा धेरै छ । त्यो बाहेक आर्थिक बर्ष २०१७ को पहिलो ६ महिनामा ५८२१ जना नेपालीले अमेरिकी ग्रिनकार्ड प्राप्त गरेको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । यसरी हेर्दा अहिलेसम्म अमेरिकाको ग्रिनकार्ड पाउने नेपालीहरुको संख्या १ लाख १० हजार नाघिसकेको छ ।

अमेरिकाको ग्रिनकार्ड पाएका झण्डै १ लाख १० हजारमध्ये झण्डै तीसहजारले अमेरिकी नागरिकता समेत लिइसकेका छन् । सुरुदेखि सन् २०१५ सम्मको तथ्यांक हेर्दा २५ हजार ३ सय ९९ जना नेपालीहरुले अमेरिकी नागरिकता लिएको देखिन्छ भने त्यसपछि झण्डै ५ हजार नेपालीहरुले अमेरिकी नागरिकता लिएको युएससीआईएसले जनाएको छ ।

कुन वर्ष कति नेपालीले लिए अमेरिकी नागरिकता ?

अमेरिकी सरकारको आप्रवास तथ्यांक कार्यालयका अनुसार सन् १९९० सम्ममा अमेरिकी नागरिकता पाउन सफल नेपालीहरुको संख्या जम्मा २६१६ मात्र रहेको थियो । त्यतीबेला सन् १९९० कै वर्षमा जम्मा ३७ जना नेपालीले अमेरिकन नागरिकता लिएका थिए । त्यो भन्दा अगाडि सन् १९८९ मा ३५ जना नेपालीले अमेरिकन नागरिकता लिएका थिए । त्यसैगरी सन् १९८८ मा जम्मा ३१ जनाले र सन् १९८७ मा २२ जनाले अमेरिकन नागरिकता लिएका थिए । सन् १९९१ मा अमेरिकन पाउने नेपालीको संख्या थोरै बढेर ५६ पुगेको थियो । सन् १९९२ मा ४४ जना नेपालीहरुले अमेरिकन नागरिकता पाए । सन् १९९३ मा ४६ जनाले , सन् १९९४ मा ७० जनाले, सन् १९९५ मा ६० जनाले , सन् १९९६ मा ११९ जनाले, सन् १९९७ मा ७८ जनाले र सन् १९९८ मा ८२ जना नेपालीले अमेरिकन नागरिकता पाए ।

सन् १९९९ मा १४३ जनाले, सन् २००१ मा २०५ जनाले, सन् २००२ मा २४७ जनाले,सन् २००३ मा ३१८ जनाले , सन् २००४ मा ४०८ जनाले अमेरिकन नागरिकता पाए । त्यस्तै सन् २००५ मा ४१७ जनाले, २००६ मा ५७५ जनाले, सन् २००७ मा ६३८ जनाले, सन् २००८ मा ९५३ जनाले, सन् २००९ मा १६३२ जनाले, सन् २०१० मा २१८५ जनाले र सन् २०११ मा २२३५ जनाले अमेरिकन नागरिकता लिएका थिए । त्यस्तै सन् २०१२ मा २४४८ जना नेपालीहरुले अमेरिकन नागरिकता लिएका थिए । सन् २०१३ मा अमेरिकन नागरिकता लिने नेपालीहरुको संख्या २७११ रहेको थियो । सन् २०१४ मा २८८८ नेपालीले अमेरिकी नागरिकता लिए भने सन् २०१५ मा ४२२५ जना नेपालीले अमेरिकन नागरिकता लिए । सन् २०१६ र सन् २०१७ को ९ महिनामा ५ हजार भन्दा धेरै नेपालीहरुले अमेरिकी नागरिकता लिइसकेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com