डिपोर्टका लागि लङ आइल्याण्डबाट १० दिनमा ३२ पक्राउ


प्रकाशित मिति : श्रावण २५, २०७४ बुधबार

देशनिकाला गर्नका लागि न्युयोर्कको लङ आइल्याण्डबाट १० दिनमा ३२ जनालाई पक्राउ गरिएको इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टले हिजो मंगलबार जारी वक्तब्यमा जनाएको छ । उनीहरु सबैजना यौन हिंशाको अपराधमा दोषी ठहरिएकाहरु हुन् । अगस्त ३ सम्म जारी १० दिने विशेष कारवाहीका क्रममा उनीहरुलाई नियन्त्रणमा लिइएको आइसले जनाएको छ ।

अपरेशन सोअर (सेक्स अफेण्डर एलियन रिमुभल) अन्तरगत उनीहरुलाई नियन्त्रणमा लिइएको हो । उनीहरु विगतमा बलात्कार र यौन दुब्र्यबहारको अभियोगमा दोषी ठहरिएकाहरु भएको जनाइएको छ । उनीहरुमध्ये १२ जना सार्वजनिक रुपमा दर्ता गरिएका यौन दुराचारीहरु हुन् । उनीहरुलाई हिराशतमा लिएर देशनिकालाको प्रकृया सुरु गरिसकिएको छ ।

पक्राउ पर्नेहरु एल साल्भाडोर, ग्वाटेमाला, हैटी, होण्डुरस, इन्डिया, मेक्सिको,पेरु, ट्रिनिडाड, टोबागो, इक्वेडर र डोमेनिकन रिपब्लिकका नागरिकहरु हुन् ।

आइसको वक्तब्यको पूर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com