डिभी २०१८ : ७५० सम्म केस नम्बर हुने नेपालीलाई अक्टोबरमा भिसा


प्रकाशित मिति : श्रावण २५, २०७४ बुधबार

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले आज नयाँ भिसा बुलेटिन जारी गर्दै सन् २०१८ का लागि डिभी लोटरी परेका नेपालीहरुमध्ये पहिलो महिना अक्टोबरमा ७५० सम्म केस नम्बर हुने नेपालीहरुलाईमात्र भिसा उपलब्ध गराउने जनाएको छ ।

सन् २०१७ का लागि डिभी लोटरी परेका नेपालीहरुमध्ये भने सेप्टेम्बरमा ७४५० सम्म केस नम्बर हुनेहरुलेमात्र अमेरिकाको भिसा पाउने भएका छन् । त्यसपछि सन् २०१७ को डिभी लोटरी कार्यक्रम समाप्त हुनेछ । तर सन् २०१८ का लागि डिभी परेकाहरुले भने सन् २०१७ को अक्टोबरदेखि सन् २०१८ को सेप्टेम्बरसम्म भिसा प्राप्त गर्नेछन् ।

सन् २०१८ का लागि डिभी परेकाहरुले पहिलो महिना अक्टोबरमा एसियाभरका १२ सय सम्म केस नम्बर हुनेहरुका लागिमात्र भिसा उपलब्ध हुनेछ । जसमध्ये इरान र नेपाललाई ७५० मा सिमाबन्दी गरिएको हो । सन् २०१८ का लागि ४०९७ जना नेपालीहरुले डिभी लोटरी पारेका छन् । उनीहरुमध्ये झण्डै ३५ सयलेमात्र अमेरिकाको भिसा प्राप्त गर्नेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com