एक मिनेट छ ? ग्रिनकार्डका लागि योग्य भए नभएको जाँच्नुहोस्


प्रकाशित मिति : श्रावण २५, २०७४ बुधबार

सिनेटरहरु टम कटन र डेभिड पर्डयुले अमेरिकी सिनेटमा पेश गरेको अध्यागमनबारेको नयाँ विधयेकमा हरेक बर्ष प्वाइन्ट सिस्टमका आधारमा १ लाख ४० हजारलाई ग्रिनकार्ड उपलब्ध गराउने प्रस्ताव गरिएको छ । अमेरिकन इमिग्रेशन फर स्ट्रोंग इम्प्लोइमेन्ट नाम दिइएको यो विधयेकको राष्ट्रपति डोनाल्ड ट्रम्पले समर्थन गरेका छन् । यो विधयेक पारित भएमा रोजगारमा आधारित अन्य ग्रिनकार्ड प्रणाली विस्थापित हुनेछ ।

विधयेक पारित भएमा क्यानडा र अष्ट्रेलियाले अपनाएको जस्तै प्वाइन्ट सिस्टममा भाषा, शिक्षा र योग्यताका आधारमा ग्रिनकार्ड प्रदान गरिनेछ । यो प्रणालीले अमेरिकी अर्थतन्त्रमा योगदान दिनसक्नेलाई प्राथमिकता दिनेछ । आवेदकले शिक्षा, भाषा क्षमता, उच्च तलब पाउने जागिरको अफर, उमेर, अति दक्ष उपलब्धीको रेकर्ड लगायतका आधारमा प्वाइन्ट प्राप्त गर्नेछन् ।

निश्चित प्वाइन्ट प्राप्त गर्ने १ लाख ४० हजारले बर्षेनी यो ग्रिनकार्ड प्राप्त गर्नेछन् । यसरी प्वाइन्ट सिस्टमबाट रोजगारमा आधारित भिसा पाउनका लागि आवेदकले कम्तीमा ३० प्वाइन्ट प्राप्त गर्नुपर्नेछ । युएससीआईएसले त्यस्तो आवेदनका लागि आब्हान गर्नेछ ।

ग्रिनकार्डका लागि योग्य भए नभएको जाँच्न यहाँ क्लिक गर्नुहोला । अनि सोधिएका प्रश्नहरुको जवाफ दिनुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com