काठमाडौंमा गाईजात्राको रौनक (फोटो फिचर)


प्रकाशित मिति : श्रावण २४, २०७४ मंगलबार

भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । गाईजात्राका अवसरमा सरकारले काठमाडौं उपत्यकामा हरेक वर्ष सार्वजनिक बिदा दिने गर्दछ ।

गाईजात्राको दिन एक वर्षभित्र दिवंगत आफन्तको सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ-आफ्ना गाउँ टोलमा परिक्रमा गराइन्छ । काठमाडौंको ऐतिहासिक नगर कीर्तिपुरमा पनि आज त्यसैगरी गाईजात्रा पर्व मनाइएको छ ।उनीहरूलाई स्थानीयबासीले दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्दछन् । यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।गाईजात्राको प्रचलन राजा प्रताप मल्लको पालादेखि सुरु भएको मानिन्छ ।

पुत्रशोकलेविहृवल आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले जनतालाई ‘आआफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकालेर सहर परिक्रमा गराउन आदेश दिएका थिए । यति गर्दा पनि रानीको मन शान्त हुन नसकेपछि विभिन्न प्रकारका प्रहसन तथा व्यंग्यात्मक कार्यक्रम गर्ने परम्परा बसालेको किंवदन्ती छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com