मेरिल्याण्डबाट दाजुभाईलाई देशनिकाला गरिएपछि आक्रोश ब्यप्त


प्रकाशित मिति : श्रावण २३, २०७४ सोमबार

मेरिल्याण्डबाट परिवारबाट छुटाएर दुईदाजुभाईलाई देशनिकाला गरिएपछि आक्रोश व्यप्त भएको छ । अध्यागमन अधिकारीहरुको जाँचबुझका क्रममा उनीहरुलाई नियन्त्रणमा लिएर देशनिकाला गरिएको हो । डिएगो क्लारोस र लिजान्द्रोलाई देशनिकाला गरिएपछि उनीहरुकी आमा झण्डै बेहोस भएकी थिइन् ।

अमेरिकन सपनासँगै अमेरिकामा बसिरहेका दाजुभाई केही बर्ष अगाडि एल साल्भाडोरबाट अमेरिका आएका थिए । ती दाजुभाईको कुनै आपराधिक रेकर्ड नरहेको साथै उनीहरु ओबामा प्रशासनको पालमा देशनिकालाको प्राथमिकतामा नरहेको जनाइएको छ । उनीहरु एल साल्भाडोरको हिंशाबाट भागेर गैर कानुनी रुपमा अमेरिका छिरेका थिए । दुई दाजुभाईमध्ये एकजना आंशिक फुटवल छात्रबृत्तिमा कलेज जाने तयारीमा रहेका थिए ।

उनीहरुले अत्यन्तै कडा मिहिनेत गरिरहेको बेथेस्डा सकर क्लबका कोच मेट नेले जनाएका छन् । उनीहरुलाई आइसका अधिकारीहरुले नियन्त्रणमा लिएर हावर्ड काउन्टी डिटेन्सन सेन्टरमा राखेर देशनिकालाको प्रकृया सुरु गरेका थिए । परिवारबाट अलग गरेर देशनिकाला गरिएपछि उनीहरुका परिवार र साथीहरुले ट्रम्प प्रशासनप्रति औंला ठड्याएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com