ट्रम्प प्रशासनबिरुद्ध मुद्दा हाल्ने शिकागोका मेयरको तयारी


प्रकाशित मिति : श्रावण २३, २०७४ सोमबार

अमेरिकाको शिकागोका मेयर राह्म इमानुअलले ट्रम्प प्रशासनबिरुद्ध मुद्दा हाल्ने तयारी गरेका छन् । कथित स्यांचुअरी सिटीहरुलाई सार्वजनिक सुरक्षासम्बन्धि सरकारी राहत नदिइएको विरुद्धमा मेयरले ट्रम्प प्रशासनबिरुद्ध मुद्दा हाल्ने तयारी गरेका हुन् ।

आप्रवासीमाथि उदार सिटीहरुलाई राहत नदिने ट्रम्प प्रशासनको नीति गैरकानुनी रहेको मेयर इमानुअलले जनाएका छन् । शिकागोले कसैले ब्ल्याकमेल गर्दैमा आफ्नो मूल्य र मान्यता नबदल्ने साथै आप्रवासीहरुका लागि सधै स्वागत गरिरहने सहरका रुपमा रहने उनले बताएका छन् ।

ट्रम्प प्रशासनबिरुद्धको मुद्दा सोमबार दर्ता गरिने भएको छ । शिकागोले गतबर्ष २ दशमलव ३ मिलियन डलर संघीय सहायताका रुपमा प्राप्त गरेको थियो । तर ट्रम्प प्रशासनले शिकागोलाई कागजपत्रविहिन आप्रवासीलाई संरक्षण प्रदान गरेको भन्दै राहत रोक्का गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com