अमेरिकामा देशनिकाला स्थगित गर्ने पीडीको दर असाध्यै कम


प्रकाशित मिति : श्रावण १८, २०७४ बुधबार

प्रोक्यिुटोरियल डिस्क्रिशन अर्थात् पीडीका नामले चिनिने विशेष सुविधाबाट अमेरिकामा रहेका कैयन नेपालीहरुले अमेरिकामा लामोसमयसम्मका लागि बसेर डिपोर्टेशनको डरबिना काम गर्न पाइरहेका थिए । तर अहिले भने पीडीको सुविधा अत्यन्तै कम गरिएको छ । ओबामा कार्यकालमा गतबर्षको फरबरीदेखि जुनसम्म पाँचमहिनाको अवधिमा हरेक महिना औषतमा २४ सय जनालाई पीडी प्रदान गरेर उनीहरुका मुद्दाहरु पार्क गरिएको थियो । तर ट्रम्प कार्यकालका सोही पाँचमहिना अर्थात् सन् २०१७ को फरबरीदेखि जुनसम्मको अवधिमा पीडी प्राप्त गर्नेहरु हरेक महिना एकसयभन्दा कमको संख्यामा रहेका छन् ।

अमेरिकामा बर्षौदेखि बस्दै आएका, आपराधिक रेकर्ड नभएका र समुदायसँग राम्रो सम्बन्ध भएकाहरुलाई तत्काल देशनिकाला हुनुपर्ने अवस्था आउन नदिन पीडीको नीति अपनाउने गरिएको थियो । अमेरिकी छोराछोरी हुनेहरुलाई पनि परिवारबाट अलग हुन नदिन पीडीको प्रयोग गरिदै आएको थियो । तर ट्रम्प कार्यकालमा यसको प्रयोग असाध्यै कम गरिएको छ ।

ओबामा प्रशासनले पीडी अन्तरगत स्थगित गरेका हजारौं डिपोर्टेशनका मुद्दाहरु ट्रम्प प्रशासनले खोल्न थालेको छ । दुईमहिनाको अवधिमा मात्र संघीय अभियोजनकर्ताहरुले १३ सय भन्दा धेरै डिपोर्ट स्थगित गरिएका मुद्दाहरु पुन खोलेको एक्जुकेटिभ अफिस अफ इमिग्रेशन रिभ्युको तथ्यांकले देखाएको छ । स्थगित गरिएका डिपोर्टेशनका मुद्दा पुन खोल्दा वा पीडी नदिदा नेपालीहरु पनि प्रभावित भएका छन् । किनभने डिपोर्टको सम्भावना भएका कैयन नेपालीहरुले अमेरिकामा अभियोजन पक्षीय विवेक अर्थात् पीडीका आधारमा आफ्ना मुद्दाहरु स्थगित गराएका छन् । प्रोक्यिुटोरियल डिस्क्रिशन अर्थात् पीडीका नामले चिनिने विशेष सुविधाबाट अमेरिकामा रहेका कैयन नेपालीहरुले अमेरिकामा लामोसमयसम्मका लागि बसेर डिपोर्टेशनको डरबिना काम गर्न पाइरहेका छन् ।

कुनै मुद्दामा पीडी प्रदान गरिएपछि त्यो मुद्दालाई अदालतको क्यालेण्डरबाट निकालेर पेन्डिङ स्टेटसमा राखिन्छ भने व्यक्तिले अमेरिकामा बसेर लामोसमयसम्म वर्क परमिट प्राप्त गरेर काम गर्न पाउँथ्यो । मुद्दा हारेर देशनिकाला हुनुपर्ने डरका कारण कमजोर प्रकारका मुद्दामा आवेदकले पीडी लिने गर्थे र त्यो आधारमा प्राप्त वर्क परमिटबाट अमेरिकामा बसेर निर्धक्क काम गर्दै आएका थिए । इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टको प्राथमकितामा नरहेका व्यक्तिले ओबामा कार्यकालमा पीडी प्राप्त गर्दै आएका थिए । तर पीडीका आधारमा युएससीआईएसले वर्क परमिट प्रदान गर्न वा रिन्यु गर्न पनि छाडिसकेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com