न्युयोर्कमा ट्रम्प, अध्यागमन अधिकारीहरुलाई कडा बन्न निर्देशन


प्रकाशित मिति : श्रावण १४, २०७४ शनिबार

आज शुक्रबार न्युयोर्क भ्रमणमा आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अध्यागमनका अधिकारीहरु र कर्मचारीहरुलाई कडा बन्न निर्देशन दिएका छन् । न्युयोर्कमा लङ आइल्याण्डमा प्रहरी र अध्यागमन अधिकारीहरुलाई भेला पारेर उनले धेरै रामो नबन्न सुझाव दिएका छन् । विशेषत संदिग्ध ग्याङ मेम्बरहरुप्रति कडा रवैया अपनाउन ट्रम्पले निर्देशन दिएका हुन् । कानुन कार्यान्वयन अधिकारीहरुले मन्तब्य दिन आएका ट्रम्पको भब्य स्वागत गरेक थिए ।

ट्रम्पले मन्तब्यका क्रममा मेक्सिको सिमाक्षेत्रमा पर्खाल लगाउने कुरा दोहोर्याएका छन् । ओबामा प्रशासनले अमेरिकामा अपराधीहरुलाई भित्राएको आरोप समेत ट्रम्पले लगाए ।

एम एस १३ नामको ग्याङले गत बर्षको सुरुवात यतामात्र लङ आइल्याण्डमा १७ जनाको हत्या गरिसकेको छ । ट्रम्पले अमेरिकामा फैलिएको एम एस १३ ग्याङलाई पूर्णरुपमा ध्वस्त पार्ने बताएका छन् । ट्रम्पले मन्तब्य दिएको ब्र्र्रेन्टउड क्षेत्रमा गत सेप्टेम्बरमा १५ र १६ बर्षको दुई किशोरीहरुको हत्या भएको थियो । एमएस १३ ग्याङले मध्य अमेरिकी देशबाट अमेरिका छिरेका अप्रवासी टिनएजरहरुलाई आफ्नो समुहमा भर्ती गर्दै आएको छ ।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com