१३ नेपालीको मानवतस्करीमा संलग्नबिरुद्ध अमेरिकी सर्बोच्च अदालतमा याचिका


प्रकाशित मिति : श्रावण १३, २०७४ शुक्रबार

१३ जना नेपालीको मानवतस्करीमा संलग्न भएको अभियोगमा अमेरिकाको सर्बोच्च अदालतमा बुधबार एक याचिका दायर भएको छ । मानव तस्करीमा परेका पीडित रामचन्द्र अधिकारीले त्यस्तो याचिका दायर गराएका हुन् । याचिका टेक्सासको ह्युस्टनमा रहेको केबीआर कम्पनी बिरुद्ध दर्ता गराइएको हो ।

यो मुद्दाको प्रतिनिधित्व वासिंटन डिसीमा रहेको कोहेन मिल्स्ट्ेनकी पार्टनर एग्नेस्का फ्राइसम्यानले गरेकी छिन् । उनी मानव अधिकार अभ्यास समुहकी अध्यक्ष समेत हुन् । उनले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन, जर्बजस्ती श्रम, दासता, मानव तस्करी र यातनाका मुद्दाहरुको प्रतिनिधित्व गर्दै आएकी छिन् ।

कोहेन मिल्स्ट्ेनले मानवतस्करीमा परेका १२ जना नेपाली र एकजना जीवित व्यक्तिको प्रतिनिधित्व गर्छ । नेपालबाट १३ जना व्यक्तिलाई जोर्डन र अन्य ठाउमा काम गर्न भन्दै लगेर इराकमा रहेको अमेरिकी सैन्य बेसका लागि काम गर्ने अमेरिकी शैन्य ठेकेदार कम्पनीमा काम लगाइएको थियो । उनीहरुमध्ये १२ जनालाई आतंककारीले हत्या गरेका थिए भने एकजना बाँच्न सफल भएका थिए । उनीहरु सन् २००४ मा इराकमा मारिएपछि ठेकेदार कम्पनीबिरुद्ध मानवतस्करीको अभियोगमा अमेरिकामा मुद्दा चल्दै आएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com