ह्वात्तै बढ्यो अमेरिकाको भिजिटर भिसा पाउने नेपालीको संख्या, १ महिनामा २१६५


प्रकाशित मिति : श्रावण ११, २०७४ बुधबार

विगत तीनमहिनामा अमेरिकाको भिजिटर भिसा पाउने नेपालीहरुको संख्या घट्दो क्रममा रहेपनि पछिल्लो महिनामा भने अमेरिकाको भिजिटर भिसा पाउने नेपालीहरुको संख्या ह्वात्तै बढेको छ । जुन महिनामा अमेरिकाको भिजिटर भिसा पाउने नेपालीहरुको संख्या २१६५ पुगेको छ जसमध्ये बी वान बी टु भिसा पाउनेहरु २१५९ जना रहेका थिए भने बी वानमात्र पाउने ५ र बी टुमात्र पाउने १ जना रहेका थिए । जुन महिनामा काठमाडौंमा रहेको अमेरिकी दूतावासले १९४१ जनालाई बीवान बी टु भिसा जारी गरेको छ ।

अघिल्लो मे महिनामा भिजिटर भिसा बीवान र बीटु पाउने नेपालीहरु १६१० जना रहेका थिए । त्यो बाहेक बी वानमात्र पाउनेहरु ९ जना र बी टुमात्र पाउनेहरु १ जना रहेका थिए। काठमाडौंमा रहेको दूतावासले भने मे महिनामा बीवान र बीटु क्याटेगोरीमा १४१० जनालाई भिसा जारी गरेको थियो । त्यस्तै बी वान क्याटेगोरीमा एकजनालाईमात्र भिसा जारी गरेको थियो ।

अप्रिल महिनामा १६५६ जना नेपालीहरुले अमेरिकाको भिजिटर भिसा बीवान बीटु प्राप्त गरेका थिए । त्यो बाहेक अप्रिलमा बीवान र बी टु छुट्टा छुट्टै क्याटेगोरीमा थप ६ नेपालीहरुलाई अमेरिकाले भिसा जारी गरेको थियो । अप्रिल महिनामा काठमाडौंमा रहेको दूतावासले भने १४८९ जनाका नाममा भिजिटर भिसा जारी गरेको थियो ।

मार्चमा १९८५ जना नेपालीहरुले बी वान बी टु संयुक्त क्याटेगोरीमा भिजिटर भिसा पाएका थिए । मार्चमा बी वान मात्र पाउने थप ६ जना र बी टुमात्र पाउने थप ५ जना रहेका थिए । काठमाडौंमा रहेको अमेरिकी दूतावासलेमात्र मार्चमा १७७४ भिजिटर भिसा जारी गरेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com