कोरियाली भाषा परीक्षामा १२ हजार उत्तीर्ण


प्रकाशित मिति : श्रावण ११, २०७४ बुधबार

श्रावण ११, २०७४- कोरिया जान रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको भाषा परीक्षामा १२ हजार एक सय ८ उत्तीर्ण भएका छन्।

आकर्षक तलब पाउने हुँदा कोरिया जान युवाहरूमा आकर्षण बढ्दो छ। ईपीएस निर्देशक बाबुराम आचार्यका अनुसार उत्तीर्ण भएकामा कृषितर्फ ७ हजार ५ सय ७८ र उत्पादनतर्फ ४ हजार ५ सय ३० जना छन्।

आवेदन दिएका ७५ हजार ५ सय ८० मध्ये ५९ हजार परीक्षामा सहभागी भएका थिए। ‘उत्तीर्ण भएका परीक्षार्थीको यो वर्ष सीप परीक्षण हँुदैन,’ आचार्यले कान्तिपुरसँग भने, ‘फेब्रुअरीबाट मात्र कोरिया जाने प्रक्रिया सुरु हुन्छ। उनीहरूले चार वर्ष १० महिना काम गर्न पाउँछन्। हालसम्म कोरियामा ४७ हजार युवा गइसकेका छन्। कोरिया जान ९ सय ५६ (करिब एक लाख रुपैयाँ) डलर खर्च हुन्छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com