अमेरिकी कंग्रेसमा नयाँ विधेयकमाथि मतदान


प्रकाशित मिति : श्रावण ११, २०७४ बुधबार

श्रावण ११, २०७४- रूस, उत्तर कोरिया र इरानमाथि नाकाबन्दी गर्ने विधेयकमा अमेरिकी कंग्रेसमा मंगलबार मतदान भएको छ। इरान र उत्तर कोरियामाथि यसअघि जारी नाकाबन्दीलाई थप कडाइ गर्ने विधेयकमाथि अमेरिकी संसद्मा मतदान भएको हो।

विधेयकबारे अमेरिकी कंग्रेसका दुवै दलहरू सहमत भइसकेकाले प्रक्रिया पूरा गर्न मात्र मतदान हुन लागेको जनाइएको छ। राष्ट्रपति ट्रम्पले समेत विधेयकप्रति आफ्नो सहमति रहेको बताएका छन््। विधेयक पारित भएपछि रूस लक्षित नाकाबन्दीबारे ट्रम्पको अधिकारमाथि कंग्रेसको अंकुश कायम रहनेछ। विधेयकले रूसका विरुद्धमा पनि राष्ट्रपति डोनाल्ड ट्रम्पको अधिकार कटौती गर्नेछ। यसअघि नै पूर्वराष्ट्रपति बाराक ओबामाले रूसविरुद्ध आंशिक नाकाबन्दी लगाएका थिए। विधेयकले रूसमा जारी नाकाबन्दी अन्त्य गर्ने ट्रम्पको अधिकारको अन्य गर्नेछ। उत्तर कोरिया र इरानका लागि गरिएको यो नया नाकाबन्दी खासगरी पछिल्लो समयमा उत्तर कोरियाले जारी राखेको आणविक परीक्षणको विरुद्धमा गरिएको छ।

गत महिना सिनेटमा रूसविरुद्ध नाकाबन्दी गर्ने विषयमा मतदान भएको थियो। रूसमाथि कडा नाकाबन्दी लगाउने विषयमा भएको मतदानमा प्रस्तावको पक्षमा बहुमत सदस्यहरूले मत दिएका थिए। अधिकारीहरूले गत महिनाको मतदानले नै वर्तमान विधेयक पारित निश्चित भएको बताएका छन्। विधेयकले हालै ट्रम्पको रूसी प्रशासनसँग बढदै गएको गैरकूटनीतिक सम्बन्धको अन्त्य गर्ने अधिकारीहरूको भनाइ छ। गतवर्ष भएको अमेरिकी राष्ट्रपतिको निर्वाचन अभियानमा ट्रम्पले रूसी अधिकारीहरूसँग साँठगाँठ गरेको आरोप लागेपछि नयाँ विधेयकको कसरत भएको हो। यसबारे अमेरिकी गुप्तचर संस्था तथा अमेरिकी कंग्रेसका समितिहरूले अनुसन्धान गरिरहेका छन्।

राष्ट्रपतिका प्रत्याशी हिलारी हिलारी क्लिन्टनविरुद्ध रूसी अधिकारीहरूसँगको गोप्य साँठगाँठका विषयमा सिनेटका समितिले ट्रम्पका छोरालाई बयान दिन बोलाइसकेको छन्। हालै मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग गोप्य वार्ता गरेको भनी अमेरिकामा व्यापक विरोध भइरहेका विधेयकबारे मतदान भएको हो। विधेयक कंग्रेसबाट पारित भएपछि आगामी अगस्ट महिनामा पुन: पारित गर्न सिनेटमा नै फिर्ता पठाइने व्यवस्था छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com