एनआरएन अमेरिकामा अध्यक्षमा जोशीको उमेदवारी कायम हुने


प्रकाशित मिति : श्रावण ७, २०७४ शनिबार

एनआरएन अमेरिकामा अध्यक्ष पदमा गौरी जोशीको उमेदवारी कायम हुने भएको छ । यस अगाडि एनआरएन अमेरिकाको निर्वाचन आयोगले जोशीको उम्मेदवारी दर्ता गरेको थिएन । आईसीसीको पत्र लगायतका स्पस्टीकरणपछि आयोगले जोशीको उम्मेदवारी स्वीकार गरेको श्रोतले बताएको छ । तर आयोग भने यसबारे सार्वजनिक रुपमा केही बोलेको छैन ।

यसअगाडि निर्वाचन आयोगले जारी गरेको उम्मेदवारको सुचीमा गौरी जोशीको नाम समावेश गरिएको थिएन । जोशीको उम्मेदवारी विधानसम्मत नभएको भन्दै उम्मेदवार सुचीमा नाम समावेश नगरिएको हो । तर अब भने जोशीको उम्मेदवारी कायम हुने पक्का भएको छ ।

उम्मेदवारी दर्ता नभएपछि जोशी आफ्नो उम्मेदवारी वैधानिक रहेको दावी गर्दै न्यायिक समितिमा गएका थिए । समितिले त्यसवारे जवाफ दिन निर्वाचन आयोगलाई आजसम्मको समय दिएको थियो ।

चर्चित सफल युवा व्यवसायी जोशी एनआरएन अमेरिकाको सन् २०१५ देखि सन् २०१७ सम्मको कार्यसमितिका सल्लाहकार हुन् । त्यसअगाडि उनी सन् २००७ देखि सन् २००९ सम्म एनआरएन अमेरिकाको कम्युनिकेशन डाइरेक्टर थिए । विभिन्न सामाजिक संस्थामा काम गरिसकेका जोशी एनआरएन अमेरिकाको चुनावी चहलपहलमा अग्रपंक्तिमा रहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com