तीजगीत लिएर आइन् चर्चित टेलिभिजनकर्मी कल्पना (भिडियो)


प्रकाशित मिति : श्रावण ६, २०७४ शुक्रबार

चर्चित टेलिभिजनकर्मी कल्पना भण्डारी तीजको गीत लिएर आएकी छिन् । भण्डारी आफ्नै स्वर र अभिनयमा तीजको म्युजिक भिडियोमा देखिएकी हुन् ।

भण्डारीले मै कति भाग्यमानी बोलको तीजमा स्वर दिनुका साथै नृत्यसमेत प्रस्तुत गरेकी छिन् । विपिन किरणको शब्द र नारायण सुवेदीको संगितमा बिन्ध्याबासिनी म्युजिकले तीज गीत बजारमा ल्याएको हो ।

भण्डारी विगत १२ बर्षदेखि नेपाली टेलिभिजनमा सकृय रहदै आएकी छिन् । च्यानल नेपालमा कार्यक्रम प्रस्तोता रहेकी भण्डारी सगरमाथामा टेलिभिजनमा समाचारवाचिका थिइन् । हाल नेपाल टेलिभिजनमा संकल्प कार्यक्रमकी प्रस्तोता भण्डारीको अर्को आधुनिक गीत पनि आउने क्रममा रहेको छ ।

संचारकर्मलाई पेशाको रुपमा अंगालेपनि गीतसंगीतमा भएको रुचीका कारण तीजको गीत बजारमा ल्याएको भण्डारीले बताइन् । उनी भन्छिन् – ‘पत्रकारिता मेरो पेशा हो, गीतसगीत शोख ।’

हेर्नुहोस् भिडियो

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com