ट्रम्पका ३ सहयोगीले बयान दिने


प्रकाशित मिति : श्रावण ६, २०७४ शुक्रबार

श्रावण ६, २०७४- गत वर्षको राष्ट्रपतीय चुनावमा रूसी संलग्नताबारे छानबिन गरिरहेको संसदीय समितिले राष्ट्रपतिका छोरा र अन्य दुईलाई बयान दिन बोलाएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा जुनियर ट्रम्प, ज्वाइँ जरेद कुश्नर र चुनावी अभियान प्रमुख पल मनाफोर्टलाई गत वर्षको राष्ट्रपतीय चुनावमा रूसी संलग्नताबारे प्रश्न गरिनेछ । ट्रम्पले टेलिभिजन अन्तर्वार्ता र ट्वीटरमार्फत छोरा निर्दोष भएको बताएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com