भाडावालमाथि विभेद गर्ने रिजउडका घरवेटीलाई साढे २ लाख डलर जरिवाना हुनसक्ने


प्रकाशित मिति : श्रावण ५, २०७४ बिहीबार

न्युयोर्क सिटीले न्युयोर्कको रिजउडका एकजना घरबेटीलाई भाडावालमाथि विभेद गरेको अभियोग लगाएको छ । इमिग्रेशन स्टेटसका आधारमा भाडावालमाथि विभेद गरेको भन्दै न्युयोर्क सिटीको मानवअधिकार आयोगमा मुद्दा परेपछि न्युयोर्क सिटीले सिटीका तर्फबाट घरबेटी बिरुद्ध मुद्दा चलाएको छ ।

घरबेटीले भाडावालको इमिग्रेशन स्टेटस युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसमा बुझाएका थिए । न्युयोर्कमा रहेको मेक द रोड नामको संस्थामाफर्त मानवअधिकार आयोगमा उजुरी परेको थियो । न्युयोर्कका मेयर डे ब्लाजिओले आफूहरु विभेद गर्ने घरबेटीबिरुद्ध भाडावालका पक्षमा उभिने बताएका छन् । न्युयोर्क सिटीको मानवअधिकार कानुनले कसैलाई पनि अध्यागमन स्टेटसका आधारमा विभेद गर्न निषेध गरेको छ ।

घरबेटीले आफूले आइसमा फोन गरेर डिपोर्ट गराइदिने भन्दै भाडावाललाई धम्की दिदै आएकोमा ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि तुरुन्तै कोठा नछाडे पक्राउ गराइदिने भन्दै धम्की र दुब्र्यबहारको क्रम अझ बढेको जनाइएको छ । आयोगले मानवअधिकारको उल्लंघन गर्दै यस्तो हर्कत गर्ने बिरुद्ध २ लाख ५० हजार डलरसम्म जरिवाना गर्न सक्ने अधिकार राख्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com