न्यूयोर्कको सय बर्षे कछुवा चोरी


प्रकाशित मिति : श्रावण ४, २०७४ बुधबार

न्यूयोर्क शहरबाट १०० बर्षको कछुवा संरक्षण केन्द्रबाट चोरी भएपछि प्रहरीले यसको खोजी शुरु गरेको जनाएको छ ।
न्यूयोर्कबाट प्रशारण हुने सञ्चारमाध्यमले कछुवा हराएको भन्दै क्वीन्सस्थित ‘एली पोण्ड इन्भारोन्मेन्टल सेन्टर’ को कछुवा घर सोमबार तोडेको अवस्थामा भेटेका सेन्टरका कर्मचारीले तत्कालै खोजीका लागि प्रहरीमा जाहेरी दिएका थिए ।
एली पोण्ड नाफारहित शैक्षिक संस्था हो र यसले दीगो बातावरणीय नीति कार्यान्वयनमा ल्याउनका लागि वकालत गर्दै आएको छ । तस्विरमा: हराएको कछुवा र छानविन गर्दै प्रहरी अधिकारी ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com