साउनको पहिलो सोमबार, पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड,


प्रकाशित मिति : श्रावण २, २०७४ सोमबार

साउनको पहिलो सोमबार आज बिहानदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ ।

बिहान २ बजेदेखि भक्तजन लाममा बसे पनि सवा ३ बेजेपछि मात्र तीन ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका निर्देशक भोला सिटौलाले जानकारी दिए ।

पशुपतिको उत्तर, पश्चिम र दक्षिण ढोकाबाट प्रवेश गरी अहिले भक्तजनले दर्शन गरिरहेका छन् ।

पशुपतिमा विशेष पूजाका लागि आर्यघाटबाट पूर्व ढोकातिर पठाउने व्यवस्था मिलाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com