राष्ट्रसंघीय उच्च राजनीतिक मञ्चमा बिष्णुमाया


प्रकाशित मिति : असार २८, २०७४ बुधबार

राष्ट्रसंघीय उच्च राजनीतिक मञ्च अन्तरगत बाल, बलजफ्ती र शीघ्र विवाह उन्मुलन सम्बन्धि कार्यक्रममा अधिकारवादी डाक्टर बिष्णुमाया परियारले नेपालको दुखद अवस्थाबारे जानकारी गराउनुभएको छ । डाक्टर परियारले नेपालमा हुने बालविवाह, जर्बजस्ती विवाह र शीघ्र विवाहबारे राष्ट्रसंघको राजनीतिक मञ्चमा जानकारी गराउनुभएको हो । कार्यक्रम मंगलबार न्युयोर्कको राष्ट्रसंघ प्लाजामा भएको हो ।

ह्युमन राइट वाचको रिपोर्ट अनुशार हरेक बर्ष १८ बर्ष भन्दा कम उमेरमा १ करोड ५० लाख किशोरीहरुको विवाह हुने गरेको छ । १५ बर्षको उमेरमा विवाह हुनेहरु त्यसमध्ये झण्डै १० प्रतिशत रहेका छन् । नेपालमा एसियामा भारत र बंगालादेशपछि बालविवाह उच्च दर भएको तेश्रो मुलुक हो ।

जोन्टा इन्टरनेशनलका लागि युन कमिटिकी अध्यक्ष लेस्ली राइटले संचालन गर्नुभएको कार्यक्रममा प्यानलिष्टका रुपमा एड्वान नेपालकी संस्थापक अध्यक्ष एवं जर्सी सिटी डाइभर्सिटी एण्ड इन्क्लुजनकी सल्लाहकार डाक्टर बिष्णुमाया परियार, युनिसेफ अमेरिकाको फिल्ड इन्गेजमेन्ट र ग्लोबल प्रोगाम मेनेजर क्याटलिन मेककर्न, जाम्बियाको राष्ट्रसंघ मिसनकी कार्यकारी प्रमुख क्रिस्टिन कालमविना लगायत रहेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com