काठमाडौंका रहस्यमय मगन्तेहरु (फोटो फिचर )


प्रकाशित मिति : असार २५, २०७४ आईतबार

अमेरिकी सरकारले केही दिन अगाडि सार्वजनिक गरेको नेपालबारेको एउटा रिपोर्टमा नेपाली महिला, पुरुष, बालबालिकाहरुलाई नेपाल र भारतमा माग्ने काममा लगाइएको उल्लेख छ । रिपोर्टमा भनिएको छ – ‘कामको र शिक्षाको अवशर दिने लालच देखाएर नेपाली बाबुआमाहरुले आफ्ना बच्चाहरुलाई दलालका हातमा सुम्पने गर्छन् । ती बालबालिकाहरुलाई दलालले टुहुरा भएको अभिनय गर्न बाध्य पारेर पर्यटक र अन्य व्यक्तिबाट रकम माग्न लगाउँछन् । केही बालबालिकाहरुलाई सडकमा बसेर माग्न बाध्य पारिएको छ । भूकम्पबाट घर भत्केका कैयन बालबालिकामा यो जोखिम अझ बढेको छ ।’

भारतमा हरेकबर्ष ६० हजार बालबालिकाहरु बेपत्ता हुन्छन्, उनीहरुमध्ये धेरैजसोलाई अपहरण गरेर संगठित रुपमा माग्ने काममा लगाइन्छ । उनीहरुमध्ये कैयनलाई भारतीयले नेपालमा समेत माग्ने काममा प्रयोग गर्दै आएको विभिन्न मानवअधिकारवादी संघ संस्थाहरुको रिपोर्टले देखाउँदै आएको छ । युनिसेफ, ह्युमन राइट वाच र अमेरिकी सरकारको विदेशमन्त्रालयको रिपोर्ट अनुशार माग्ने काममा लगाइएका बालबालिकाहरुले जम्मा गरेको रकम उनीहरुले राख्न पाउँदैनन् । आपराधिक समुहहरुले बालबालिकाहरुको आँखा झिकेर, अनुहारमा एसिड हालेर, अंगहरु काटिदिएर माग्ने काममा लगाउने गर्छन् । किनभने सवलांगलाई भन्दा विकलांगहरुलाई माग्ने काममा लगाउन र रकम जम्मा गर्न सजिलो हुन्छ । यसरी बालबालिका वा अन्यलाई माग्ने काममा लगाएर एकजना व्यक्तिले बार्षिक ४० हजार डलरसम्म कमाएको अमेरिकी सरकारको तथ्यांक छ ।

काठमाडौंमा पनि विभिन्न उमेर समुहका मगन्तेहरु बढ्दै गएका छन् । उनीहरुमध्ये कैयनलाई यस्तै आपराधिक समुहले माग्ने काममा लगाएको आशंका गरिएको छ । बाटोमा माग्न बस्नेको घाइते जस्तो देखिने व्यक्तिको हातको पट्टी फेरिन्छ तर महिनौं बितिसक्दा पनि त्यो हातको घाउको शैली भने उही र उस्तै देखिन्छ । माग्ने ठाउँमा उनीहरुलाई कस्ले ल्याउँछ, कस्ले लैजान्छ त्यो समय रहस्यमय छ ।

तस्विर: दीपेन्द्र ढुंगाना / शेखर ढुंगेल

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com