दुईदिनमा दिइयो हजारौंलाई अमेरिकी नागरिकता (भिडियो सहित)


प्रकाशित मिति : असार २१, २०७४ बुधबार

अमेरिकाको २ सय ४१ औं जन्मदिनको अवशरमा दुईदिनमा हजारौं आप्रवासीहरुलाई अमेरिकी नागरिकता प्रदान गरिएको छ । जुलाई ३ र ४ मामात्र ४० वटाभन्दा धेरै कार्यक्रमहरु गरेर विश्वभरबाट आएका आप्रवासीहरुलाई अमेरिकी नागरिकता प्रदान गरिएको हो । स्वतन्त्रता दिवस सप्ताहमा भने झण्डै १५ हजारलाई अमेरिकी नागरिकता प्रदान गर्ने अमेरिकी सरकारको कार्यक्रम थियो । स्वतन्त्रता दिवशको अवशरमा यति धेरैलाई एकैपटक अमेरिकी नागरिकता प्रदान गरिएको सम्भवत यो नै पहिलो पटक हो ।

अमेरिकी नागरिकताको परिक्षामा पनि स्वतन्त्रतादिवशलाई निकै महत्वका साथ लिने गरिन्छ । प्रश्नको सुचीमा स्वतन्त्रता दिवशबारे विभिन्न ६ वटा प्रश्नहरु राखिएको हुन्छ । स्वतन्त्रताको घोषणाले के गर्छ ? स्वतन्त्रता दिवस कहिले मनाइन्छ ? जस्ता प्रश्नहरु आवेदकले देख्नसक्छन् ।

सन् १९७६ मा अमेरिका तत्कालिन बेलायती साम्राज्यबाट स्वतन्त्र भएको घोषणा गरिएको थियो । यही दिनको सम्झनामा हरेकवर्ष जुलाई ४ मा स्वतन्त्रता दिवस मनाउने गरिन्छ । स्वतन्त्रता दिवश मनाउने क्रममा अमेरिकाले हरेक वर्ष हजारौं योग्य आप्रवासीहरुलाई विशेष समारोहकाबीच नागरिकता प्रदान गर्ने कार्यक्रम समेत गर्दै आएको छ ।

जुलाई ४ मा कँग्रेसले स्वतन्त्रताको घोषणा गरेदेखि अमेरिकाले यसलाई आफ्नो जन्मदिनका रुपमा मनाउदै आएको छ । यसरी स्वतन्त्र अमेरिकामा नेपालीहरुले समेत अमेरिकी नागरिकता लिएर सुविधा र अधिकारको उपभोग गर्दै आएका छन् । अहिलेसम्म यसरी अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या झण्डै ३० हजार पुगेको छ ।

स्वतन्त्रता दिवसको अवशरमा गत बर्ष ७ हजारलाई अमेरिकी नागरिकता प्रदान गरिएको थियो भने सन् २०१५ मा ४ हजारलाई अमेरिकी नागरिकता प्रदान गरिएको थियो । सन् २०१४ मा भने ९ हजारलाई स्वतन्त्रता दिवशको अवशरमा अमेरिकी नागरिकता प्रदान गरिएको थियो । त्यस्तै सन् २०१३ मा स्वतन्त्रता दिवशको अवशरमा नागरिकता पाउनेहरु ७ हजार ८ सय थिए ।

फोटो/भिडियो : युएससीआईएस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com